ब्यूटीसियनहरुको मेकअप आर्ट


१८ पौष, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा जारि ६ दिने प्रोफेशनल मेकअप आर्ट तालिम आज (बुधबार) सम्पन्न भएको छ ।

आर्ट तालिममा सुर्खेतका १० जना व्यूटिसियनहरुले सहभागिता जनाएका थिए । तालिममा ट्रेडिस्नल मेकअप आर्ट, अरवियन मेकअप आर्ट, रिसेप्सन मेकअप आर्ट, रेडकार्पेट मेकअप आर्ट र ब्राइडल मेकअप आर्टको तालिम बुटवलकी मेकअप आर्ट प्रशिक्षक मिना प्रधानले दिनुभएको थियो ।

तालिममा फर्स्ट रनरअपको उपाधी ब्यूटीसियन देवी थापा, सेकेन्ड रनरअपको उपाधी ब्यूटीसियन भावना थापा र ब्यूटीसियन उषा भण्डारीले हात पार्नुभयो भने तालिमको उत्कृष्ट उपाधी मोन्टी ब्यूटी पार्लरका ब्यूटीसियन प्रमी शाक्य (खड्का)ले प्राप्त गर्नुभयो । त्यस्तै बेष्ट आइ मेकअपको उपाधी ब्यूटीसियन  लक्ष्मी थापाले प्राप्त गर्नुभएको थियो ।

प्रशिक्षक प्रधान सन् २०१७ र २०१८ मा क्रमशः बलिउडका चर्चित कलाकार करिष्मा कपूर र शिल्पा शेठ्ठीबाट यो तालिममा उत्कृष्ट हुनु भै पुरस्कृत हुनभएको थियो ।