अछामकै पहिलो बालमैत्री वडा हुने भयो दुनि


पौष २०, अछाम ।

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाको वडा नम्बर ६ दुनिलाई बालमैत्री वडा घोषणा गरिने भएको छ । सो वडालाई भोली शनिबार २१ गते एक औपचारिक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने तयारी भइरहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिनुभयो ।

घोषणाको सबै तयारि पुरा भएको अध्यक्ष साउदको भनाई छ । घोषणा पश्चात सुदुरपश्चिम प्रदेशकै दोस्रो तथा अछाम जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा हुने भएको छ ।
बालमैत्री स्थानीय शासन घोषणाका राष्ट्रिय सुचक पूरा भएपछी घोषणा कार्यक्रम हुन लागेको चौरापाटी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।