नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवस सम्पन्न


१६ पुस ,काठ्माण्डौ

नेपाल पर्यटन पत्रकार महासंघको पाँचौ स्थापना दिवस सम्पन्न भएको छ । पाँचौ स्थापना दिवसको अवसरमा महासंघले प्रकाशन गरेको मासिक बुलेटिन नेपाल गन्तब्य पर्यटन मन्त्री रविन्द्र अधिकारीले बिमोचन गर्नु भएकाे छ ।

स्थापना दिवसको अवसरमा बोल्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले  नेपाल भ्रमण बर्ष सफल पार्न पर्यटन पत्रकार महासंघको भूमिका महत्वपुर्ण रहेको बताउनु भएको छ  ।

अधिकारीले भने नेपालभर लुकेर रहेका हजारौं गन्तब्यको खोजी गर्ने, ति गन्तब्यहरुमा पर्यटकहरु पुग्नका लागि आवश्यक पुर्वाधार बिकास गर्ने कार्यमा पर्यटन पत्रकार महासंघ नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढेको छ ।

हामि शुभकामना दिन चाहन्छौं । मेचि देखि महाकाली सम्म हजारौं गन्तब्यहरु रहेका छन् अँझै यसलाई व्यापक गराउने कार्यमा महासंघको भूमिका महत्वपुर्ण हुने र त्यसका लागि नेपाल सरकार सँधै यस्ता अभियानहरुमा अग्रसर हुने बताउनु भयो  ।

 

नेपालमा पर्यटनको माध्यामबाट रोजगारी सृजना गर्दै नेपालको आर्थिक अवस्था सुधार गर्ने प्रसस्त बाटाहरु छन् । आन्तरिक पर्यटकहरुको बिकास गर्ने पहिलो प्रयास थालनी गर्ने र त्यसपछि बाह्य पर्यटकहरु भित्राउने अभियानमा नेपाल सरकार सँधै अगाडी बढेको बताउनुयाे ।

मासिक पत्रिका नेपाल गन्तब्यले लुकेका पर्यटकिय क्षेत्रहरुको खोजी गर्ने, प्रचार प्रसार गर्ने कार्यमा सहयोग गरेको भन्दै मन्त्री अधिकारीले पर्यटन पत्रकार महासंघलाई धन्यवाद दिनुभएको छ । नेपालमा पर्यटनका धेरै संभावनाहरु छन् सरकारले यसलाई व्यस्थित गर्दै लगेको छ । यस्ता बिषयहरुलाई सकारात्मक पत्रकारिताको माध्यामबाट बिकास गर्न सवै क्षेत्रले सहयोग गर्नुपर्ने मन्त्री अधिकारीको सुझाव छ ।

 

स्थापना दिवसको अवसरमा शुभकामना दिदै पर्यटन बिज्ञ डा नन्दबहादुर सिंहले नेपालको पर्यटन बिकासका लागि ११ वटा टुरिष्ट सक्रिटको बारेमा बिज्ञहरुले धारणा सार्वजनिक गरेकोले सरकारले सोही अनुसार सोच गरेर अगाडी बढ्नुपर्ने सुझाव दिनुभएको छ । इतिहास, भाषा, साहित्य, ईको टुरिजम, हिमालय पर्यटक, एग्रो टुरिजम, युद्ध पर्यटन जस्ता बिषयहरु नेपालको पर्यटकिय क्षेत्रका लागि निकै संभावना भएकोले यसको खोज अनुसंन्धान र प्रचार प्रसार गर्नुपर्ने सुझाव दिनु भएको छ ।

नेपालमा पाँच हजार मिटर उचाईमा बस्ने बासिन्दाहरु पनि छन् त्यस्ता बस्तिहरुलाई पनि पर्यटकिय गन्तब्य बनाउनुपर्ने आवश्यकता रहेको सिंहले बताए । बिभिन्न देशका पर्यटनका उदाहरणहरु आफुले नजिकबाट बुझेका सिंहले चीन अहिले सवैभन्दा धेरै आर्थिक उपार्जन गर्ने देश भएको र त्यहाँको पहिलो बिषय आन्तरिक पर्यटन रहेको बताउनु भयो ।

नेपालमा आउने पर्यटकहरुका लागि बिमानस्थल, सडक, पर्यटकहरुका लागि गरिने आतिथ्य सत्कार लगायतका बिषयहरुमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो।

भाषाविद् डा.मधुसुदन गिरीले भाषा साहित्य पुराना संस्कृतिहरुको अध्ययन अवलोकन गर्नका लागि पनि नेपाल उपयुक्त देश भएकोले यस्ता बिषयहरुको प्रर्वद्धनका लागि सरकारले पहल थाल्नुपर्ने र यस्ता बिषयहरुको खोज अनुसंन्धान गरेर पर्यटन प्रर्वद्धनमा सरकार गम्भिर हुनुपर्ने सुझाव दिनुभयो । बिभिन्न जातिय पहिचानका बिषयहरुलाई पर्यटनमा जोडेर पर्यटनको बिकास गर्नुपर्ने सुझाव दिनुभयो ।

इतिहास बिद् प्राध्यापक डाक्टर राजाराम सुवेदीले नेपालमा बगेका नदिहरुसँग पनि इतिहास जोडिएको छ । सरकारले यस्ता बिषयहरुको खोजी र लिपि राख्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । बिगतको खस सभ्यता बोकेको कर्णाली क्षेत्र लगायत देशभरीका अन्य बिभिन्न बहुआयामिक सभ्यता नेपालमा रहेका छन् यस्ता बिषयहरुको पुर्नलेखन जुरुरी रहेको बताए । नेपाल धार्मिक, सांस्कृतिक पर्यटनका हिसावले निकै सम्पन्न मुलुक भएकोले पुँजी परिचालन र यसको सदुपयोग गर्न नसकिएको गुनासो गर्दै सहि सदुपयोग गर्न सके लाखौ व्यक्तिहरुले पर्यटनबाट रोजगारी पाउन सक्ने बताउनुभयो ।

संसारका मानिसहरुको अध्ययनका लागि आवश्यक पर्ने पुस्तकहरु, इतिहास, भाषा साहित्य मात्र नभै बैध खानामा लेखिएका पुस्तहरु अहिले संसार भरिका मानिसहरुले नेपालमा लेखिएका पुस्तहरुकै माध्यामबाट औषधि उपचार सुरु गरेको बताउनुभयो ।

प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पर्यटन पत्रकार महासंघका सल्लाहकार शुसिल शर्माले संस्थाको सुरुवात गर्दा देखिएका चुनौती र संभावनाहरु दुवैलाई नेतृत्वले गम्भिर रुपमा बुझेको र पर्यटन क्षेत्रको बिधागत पत्रकारितामा महासंघ कोशेडुगा सावित भएको बताए । मुलुकको चासो, गौरव र संभावनाको क्षेत्र पर्यटन भएकोले यसको बिकासमा महासंघले स्थापनादेखि खेलेको भूमिका निकै महत्वपुर्ण रहेको बताउनुभयो ।

यात्रा लामो छ चुनौती सँगै संभावना छ, नेतृत्वमा रहने साथिहरुले नेपालको समग्र आर्थिक अवस्था सुधारको पहिलो पाटोको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र उजागरका लागि चालेको कदम कहिल्यै पनि रोकिन नहुने सुझाव दिनभएको छ ।

नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्मा ऋतुबिचारले पर्यटन पत्रकार महासंघको सुरुवाती गर्दा निकै कठीन चरणहरु पार गर्दै व्यवसायिक पत्रकारिताको माध्यामबाट सकारात्मक पत्रकारिता भित्र आलोचनात्मक चेतनाको प्रर्वद्धन गरेर मात्रै राज्य सफल बनाउन सकिन्छ भन्ने मान्यता बोकेर काम गरेको बताउनुभयो ।

बिकासका धेरै आयामहरुबाट मुलुक संम्बृद्ध गराउन सकिन्छ भन्ने मान्यता अनुसार नेपालको संविधान र कानुनको परिधिभित्र रहेर पर्यटन बिद्यामा कलम चलाउन यो संस्था सुरु गरेको बताउनु भयो । सामाजिक जवाफदेहिता सहितको व्यवसायिकता र राजनीतिक तथस्ठताको सिद्धान्त अवलम्बन गरेर काम गरेको बताउनुभयो । अहिले हजारौं पत्रकारहरुको मेहनत र पसिना यो संस्थामा जोडिएको बताउँदै शर्माले भने हामी आफु सम्पन्न हुने सोचमा छैनौं बिकसित समाज बनाउने अभियानमा छौं ।

हामिसँग राज्यको सम्बृद्धि कसरी गर्ने भन्ने चिन्ता रहेको छ । यो बिषयलाई सामान्य तरिकाले बुझ्न कसैले हुँदैन । समाजलाई सभ्य बनाउने यो अभियानमा नेपाल सरकार, अन्य पर्यटन सँग सम्वन्धित संस्थाहरु, उद्योगी, व्यापारिहरुले साथ दिनुपर्ने शर्माको सुझाव छ ।

नेपाल पर्यटन पत्रकार महासंघका महासचिव बिष्णु शर्माले नेपाल पर्यटन पत्रकार महासंघको स्थापना हुँदा सरकारले नेपाल भ्रमण बर्ष घोषणा सँगै दश बर्षे पर्यटन बिकास गुरुयोजना घोषणा गरेको र सोही अभियानलाई त्यतीवेला पनि साथ दिएको र अहिले पाँचौ बर्ष पुग्दै गर्दा सरकारले २०७५ सालमा नेपाल भ्रमण बर्ष २०२० घोषणा गरेको बारेमा प्रशंसा गर्दै, सरकारले घोषणा गरेका एक सय गन्तब्यको प्रचार प्रसार गर्दै नेपाल पर्यटन पत्रकार महासंघले थप एक हजार गन्तब्य खोजी गरेर नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

देशभरका बिट पत्रकारितामा आवद्ध संचारकर्मीहरुको साझा संस्थामा आवद्ध सवै संचारकर्मीहरुले निश्वार्थ रुपमा अभियानमा साथ दिएको बताउँदै शर्माले जिम्मेवार सवै निकायहरुले अव पर्यटन पत्रकार महासंघलाई साथमा लिएर काम गर्न सुझाव दिनुभयो ।