२५ माघ, सुर्खेत । कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेतले यही फागुन २५ देखि २८ गते सम्म संचालन गर्न लागेको कर्णाली प्रदेशस्तरिय “IMEpay क्यान इन्फोटेक २०१९” कालागि स्टल बुकिङ्ग खुला गरेको छ ।
करिव ७० वटा स्टल रहने ईन्फोटेकमा राष्ट्रिय स्तरका व्यावसायीहरुद्वारा नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकषर्ण हुने र मेला भित्र आइसिटी कन्फ्रेन्स, आइटी वर्कसपहरु संचालन हुने र यो कार्यक्रमले कर्णाली प्रदेश सरकारले लिएको “समृद्ध नेपालकालागि डिजिटल कर्णाली” अभियानलाई लिएर इन्फोटेकको आयोजना गर्न लागेको क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले बताउनुभयो ।
मेलामा स्थानीय मुख्य पर्यटकियहरु काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै मन्दिर, गोठीकाँडा, घण्टाघर, भेरी र कर्णाली नदी, जाजुरा दह, कुपिण्डे दह, रारा ताल, थारु होमस्टे लगाएतलाई प्रविधीमा जोडेर पर्यटन प्रवर्धनमा टेवा पुग्ने लक्ष्य लिएको क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले बताउनुभयो ।
IMEpay मुख्य प्रायोजक रहेको ईन्फोटेकमा IMEPay बाट अनलाइन टिकटको व्यवस्था रहेको छ । IMEpay को ग्राहक तथा एजेण्ट बन्नकालागि वीरेन्द्रनगर स्थित गौतम मनी ट्रान्सफरमा सम्पर्क गर्न सकिने रहेको छ ।
Prawash Kumar Shakya । २५ माघ २०७५, शुक्रबार २१:५७ बजे