मोटे ग्याङ्ग नेपालद्वारा क्यान्सर पिडित गणेशलाई सहयोग रकम हस्तान्तरण


 

२६ माघ, सुर्खेत । सामाजिक सञ्जालमा सुर्खेतको चर्चित समूह मोटे ग्याङ्ग नेपालले क्यान्सर पिडीत दैलेख भैरवी गाउँपालिका वडानम्बर ५ निवासी गणेशबहादुर शाहीको उपचारकालागि रु २२ हजार रकम आज हस्तान्तरण गरेको छ ।

क्यान्सर पिडीत गणेश यतीवेला सिभिल अस्पतालको बेडमा थला पर्नुभएको छ । गत पुस १२ गते भर्ना हुनुभएका गणेशको अहिलेसम्म ३ लाख बढी रकम खर्च भइसकेको छ । रकम अभाव भएपछि गणेशलाई बचाउनकालागि सामाजिक सञ्जाल फेसबुकको ग्रुप आर्थिक संकलन अभियानमा जुटिरहेको ग्रुपका एडमिन कुमार शम्सेर थापाले बताउनुभयो ।

ग्रुपका सदस्यहरुले अस्पतालमै गएर पिडित गणेशलाई रकम हस्तान्तरण गरेको एडमिन कुमारले बताउँदै सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुस

गणेशद्वारा सहयोगको याचना