कर्णाली प्रदेशलाई भ्रष्टाचार रहित बनाऔंःप्रदेश प्रमुख खनाल



माघ,२८ सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले भ्रष्टाचार न्यूनिकरणका लागि आयोग सक्रिय हुनु पर्ने वताउनु भएको छ । सोमबार(आन) सुर्खेतस्थित अख्तियारको प्राङ्गणमा आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा शुभकामनाका ब्यक्त गर्दै प्रदेश प्रमुख खनालले शासकीय संरचना अनुरुप राष्ट्रिय–प्रदेश र स्थानीय श्रोत, साधन र सम्पत्तिको अक्षरसःसदुपयोग गर्ने,गराउने भूमिकामा अख्तियार सफल हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।
मुलुकमा राजनीतिक परिवर्तन र संघियता कार्यान्वयन सँगै विभिन्न तहमा नेतृत्व गर्ने राजनीतिक नेतृत्व र कार्यरत राष्ट्रसेबक कर्मचारीको अबको दायित्व भनेको भ्रष्टाचार न्युनिकरण गर्दै जनताको समृद्धिका लागि जुटने हो भन्दै प्रमुख खनालले भ्रष्टाचार भनेको आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना र रातारात धनिबन्न रकम लिनु मात्रै नभएर अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु र मनोमानी रुपमा काम गर्नु तथा काममा अनियमितता देखिनु पनि भ्रष्टाचार नै भएको र यसको अन्त्यका लागि विभिन्न तहमा कार्यरत कर्मचारी, राजनीतिक नेतृत्व र अख्तियारको कार्यालयले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।
२८ औँ स्थापना दिवसको कार्यक्रमको मुख्य अतिथिको आशनबाट बोल्दै कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले बर्तमानमा सन्चार माध्यममा आउने गरेका भ्रष्टाचारका समाचारले आयोगको कार्यलाई चुनौति थपेको र भ्रष्टाचार अन्त्यका लागि कडा मेहनत र परिश्रम गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्र र समाजलाई अघि बढाउने सपना देखेका हामी सबैको सपना पूरा हुन नदिने भनेका भ्रष्टाचारीहरु र भ्रष्टाचार नै हो भन्दै यसको न्युनिकरण गर्न नसक्दासम्म देशलाई समृद्ध र जनतालाई सुखी वनाउने सपना साकार हुन नसक्ने खनालको भनाइ थियो । उहांले भ्रष्टाचारको वृद्धिले सरकार र देशको इज्जत र प्रतिष्ठालाई समेत दाउमा राख्ने गरेकोले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउने जिम्मेवारी अख्तियारको मात्रै नभएर विभिन्न तह र तप्कामा रहि काम गर्ने सबैले निष्ठापूर्वक निभाउनु पर्ने उल्लेख समेत गर्नु भयो ।
विकासको सबैभन्दा ठूलो अबरोध भ्रष्टाचार होर र यसको अन्त्यविना विकासका लक्ष्य प्राप्त गर्न सकिदैन । जनतामा रहेको रोग,भोक,गरिवि अशिक्षा र कुसंस्कारको अन्त्य गर्न कटिवद्ध निकाय र त्यसमा काम गर्ने कटिवद्ध नेतृत्वको आबस्यकता पर्छ भन्ने कुरा जबसम्म जिम्मेवार ब्यक्तिले बुझदैनन् तबसम्म हाम्रो भष्टाचारविरुद्धको अभियान कोरा कागजमा मात्रै सिमित हुने उहांको भनाई थियो ।
प्रदेश प्रमुख खनालले हामी जो,जे,जहाँ जुन भूमीकामा छौँ सबैले इमान्दारीपूर्वक भ्रष्टाचारविहिन स्थानीय निकाय, प्रदेश र राष्ट्र निर्माणमा योगदान दिनसबैलाई आग्रह समेत गर्नु भयो ।

मुलुकका ७ प्रदेशमध्ये कर्णाली प्रदेशलाई भ्रष्टाचार रहित दक्ष प्रशासन र स्वच्छ आर्थिक कारोबारमा अनुकरणीय नेतृत्व प्रस्तुत गर्न आह्वान पनि गर्नु भएको थियो । उहांले भ्रष्टाचार भइसकेपछि त्यसको रोकथाममा लाग्नु भन्दा पनि भ्रष्टाचार हुनै नदिने अभियानलाई सशक्त बनाउँदै अनुगमन, निरिक्षण र सचेतनाको पाटोलाई सक्रिय राख्न पनि २८ औँ स्थापना दिवस पे्ररणादायी बनोस भन्ने कामना गर्नु भएको थियो । उहांले स्थापना दिवसका अबसरमा आयोजित कविता प्रतियोगितामा प्रथम द्वितिय हुने प्रविण कुमार आचार्य र सर्बज्ञा आचार्यलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नु भएका थियो ।

अख्तियार कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा जिसस अध्यक्ष छविलाल सिग्देल,नगर प्रमुख देबकुमार सुबेदी,मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर र मुख्य सचिब रामप्रसाद थपलिया पत्रकार दुर्गाथापा र अशल शासनका हरि अधिकारीले पनि शुभकामना व्यक्त गरेका थिए । स्थापना दिबसका अबसरमा राखिएको रक्तदान कार्यक्रममा उपसचिब जङ्गबहादुर डाँगी,इन्जिनियर नारायण प्रसाद श्रेष्ठ लगाएत ११ जनाले रक्तदान गरेका थिए ।