तत्काल निर्णय कार्यान्वयन गर्न महासंघको निर्देशन


 

५ चैत्र,  काठमाण्डौ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले देशभरका महासंघका सदस्यहरुले पाँच वटा निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकले महासंघको विधानको दफा ६ क, ख र ग को व्यवस्था अनुसार चैत्र मसान्तभित्र सदस्यता नवीकरण गरिसक्न, दुई वर्षसम्म लगातार सदस्यता नवीकरण नगर्नेको सदस्यता स्वतः खारेज गर्न, विधानको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँदै चैत मसान्त पछी म्याद नाघि भएका नविकरण स्वत अबैध हुने छन् ।

यसैगरि बैठकले सदस्यता नवीकरण गर्दा क्रियाशील नरहेको भन्ने लागेका सदस्यहरुको हकमा विधानको दफा ५ (६) को व्यवस्था अनुसार क्रियाशील रहेको प्रमाण स्वरुप निजले प्रकाशन प्रशारण गरेको समाचार सामाग्री वा सम्वन्धित संचार माध्यमले उपलब्ध गराएको निजको नियुक्तिपत्र (कार्यअवधि तोकिएको) वा निजको परिचयपत्रका आधारमा मात्रै नविकरण गर्न र पत्रकारितामा निष्क्रिय रहि नवीकरण गर्न आए निजको १ बर्ष अघिदेखिको समाचार प्रकाशन तथा प्रशारण भएका सामाग्रीहरु अनिवार्य पेश भएमात्र नवीकरण गर्ने ब्यबस्था मिलाउन निर्देशन दिएको हो ।