मेरो चरित्र हत्या गर्ने प्रयास भयोः गाहा


१२ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका नवनियुक्त प्रशासनिक सल्लाहकार रत्नबहादुर गाहामगरले आज एक प्रेस विज्ञप्ती जारी गर्दै केही अनलाइन तथा पत्रपत्रिकामा आफू माथि पूर्वाग्रही तथा दुराशायपूर्ण रुपमा आएको समाचार प्रति खेद प्रकट गर्नुभएको छ ।
गाहाले आफू २०६६ वैशाख ३ गते देखि २०६८ साल मंसिर १९ गते सम्म मात्र समाज कल्याण परिषदको कोषाध्यक्ष पदमा सेवारत रहेको जानकारी गराउदै विवादित भृकुटीमण्डप फनपार्क भाडामा दिने निर्णय समाज कल्याण परिषद छोडेको ९ महिना ३ दिन पछि मिति २०६९ भाद्र २० गते भएकोले राजनैतिक पुर्वाग्रहको आधारमा झुट्टा मुद्धा लगाईएको विज्ञप्ती मार्फत जनाउनुभएको छ ।