जगतगुरु श्री १००८ डा. श्रीबैष्णब कृष्णदास जी महाराजलाई नागरिक अभिनन्दन


१३ चैत्र, सुर्खेत ।  कर्णाली प्रदेशका २५१ भन्दा बढी संस्थाले आज (बुधबार) जगतगुरु श्री १००८ डा. श्रीबैष्णब कृष्णदास जी महाराजलाई बुधबार नागरिक अभिनन्दन गरेका छन् । अभिनन्दन गर्न आयोजित विशेष समारोह पव जगत गुरुलाई रथारोहण गर्दै वीरेन्द्रनगर बजार परिक्रमा गराइएको थियो । उक्त परिक्रमामा सुर्खेतस्थित विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
वीरेन्द्रनगरको पिपलचौतारीमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल्, कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री नन्दसिंह बुढा सनातन धर्म सेवा समितिका उपाध्याक्ष गोविन्द्र बाबु तिवारी, सुर्खेतका अध्यक्ष एवं अभिनन्दन समारोहका अध्यक्ष दुर्गाप्रसाद गौली लगाएतले पुष्प बृष्टी गरी डा. कृष्णदास जीलाई अभिनन्दन गर्नुभएको थियो ।

कर्णाली प्रदेशका तर्फाबाट गुरु कृष्ण्दास जीलाई अभिनन्दन गर्दै कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले अभिनन्दन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले यो नागरिक अभिनन्दनले सुखद प्रभाव र अनुभुति गराउने विश्वास व्यक्त गर्नुभयो । प्राचिनकालको सुरविरहरुको क्षेत्रको गरिमा आजको नागरिक अभिनन्दले पुन प्राप्त गर्ने अवसर मिलेको प्रमुख खनालको भनाइ थियो ।

अनगिन्ती धार्मिक र साँस्कृतिक धरोहरको रुपमा रहेको कर्णाली प्रदेशका धार्मिक स्थलहरुको संरक्षण गर्न आजको यो विशेष समारोह सार्थक हुनेमा आफु विश्वस्त रहेको खनालले बताउनुभयो । उहाँले चिल्ला सडकमा गाडी गुडाएर मात्रै विकाश हुदैन भौतिक विकाश संगै मानविय विकाश आजको युगमा मानव जीवनमा अपरिहार्य छ । समाजमा युग पुरुषको जन्म पछि त्यो योग सुखी र समृद्ध हुन्छ । स्वामी कृष्णदास बाट प्रेरित भएर कर्णालीको भावी पिढी सुखी, सुन्दर र समृद्ध समाज निर्माणमा लाग्ने अपेक्षा आफुले लिएको बताउनुभयो ।

नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको तर्फाबाट नागरिक अभिनन्दन गर्ने अवसर जुटाइदिएकोमा आयोजकहरुलाइ धन्यबाद दिनुभयो । उहाँले यो प्रदेशको विकाश धार्मिक पर्यटनबाट गर्न सकिने बताउनुभयो ।

मन्त्री बुढाले कर्णालीको सरकारले पर्यटनलाई नै महत्व दिएर गत वर्ष सरकारले रारामा पर्यटन वर्ष उद्घाटन गरेको बताउनुभयो । उहाँले कर्णालीका १० वटै जिल्लामा धार्मिक स्थलहरु रहेको र त्यसमा भारतीय पर्यटक संगै अन्य पर्यटकलाई भित्र्याउन सके यहाँका जनताको आर्थिक समृद्धि सम्भब रहेको जिकिर गर्नुभयो ।

नागरिक अभिनन्दन पछि उपस्थित सबैलाई आशिर बचन दिदै गुरु डा. कृष्णदास जीले हरेक मानिस शिक्षित, सुखी र सम्भ्रान्त बन्न लागी परेको छ । तर मानविय मुल्यमान्यताबाट बिमुख भइयो भने के हुन्छ भन्नेकुराको ख्याल नगर्ने गरेको बताउनुभयो । भौतिक विकाशको आवश्यकता संगै मानविय मूल्यको आवश्यकता र मनुष्य जीवन अमुल्य छ भन्ने नबुझदासम्म मान्छेले सहि मार्ग पत्ता लाउन नसक्ने उहाँको धारणा थियो । डा. दास जीले मानिसले धर्म केहो र राष्ट्र केहो जान्न जरुरी रहेको पनि बताउनुभयो ।

नागरिक अभिनन्दन कार्यक्रममा सेवापिठ उपाध्याक्ष गोविन्द बाबु तिवरीले जगत गुरुको बारे परिचय गराउनुभएको थियो भने सनातन धर्म सुर्खेतका सचिव लिलाराम सुवेदीले उपस्थित सबैलाइ स्वागत गर्नुभएको थियो ।