नेपाली काँग्रेस प्रदेश सांसदद्वारा हावाहुरी पिडितलाई सहयोग


२० चैत्र, सुर्खेत । नेपाली काँग्रेस प्रदेश सभा संसदीय दल कर्णाली प्रदेशले प्रदेशका आफ्ना सांसदहरुको तलबबाट रकम कट्टा हुने गरि हालै बारा र पर्सामा हावाहुरीबाट पिडितहरुकालागि राहत रकम पठाउन प्रदेश सभा सचिवालयलाई अनुरोध गरेको छ ।

काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको ७ दिनको तथा अन्य प्रदेश सांसदहरु दिनवन्धु श्रेष्ठ, हिमबहादुर शाही, यज्ञ विसी, झोवा वि.क. र अमृता शाहीको ४ दिन बराबरको तलब हावाहुरी पिडितलाई दिने भएको हो ।