जाजरकोटमा जयन्ती कप खुला भलिवल प्रतियोगिता शुरु


यूवा समाजसेवी जयन्ती थापा

२९ चैत्र, जाजरकोट । अमेरीकामा बस्ने नेपाली  युवा समाजसेवी जयन्ती थापाको  सहयोगमा  जाजरकोटमा जयन्ती कप  खुला महिला भलिवल प्रतियोगिता  आज (शुक्रवार) देखि सुरु भएको छ । समाजसेवी थापाको  ५० हजार नगद सहयोग लिएर  कुशेमालिका अनलाइनको सहकार्यमा स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटले जयन्ती कप खुला भलिवल प्रतियोगिाको आयोजना गरेको हो ।

आइतवार नयाँ बर्ष वैशाख १ गते सम्म जाजरकोट खलंगाको थाप्लेचौरमा सन्चालन हुने   हुने उक्त  भलिवल प्रतियोगिताको  राष्ट्रिय सभाका सदस्य भैरव सुन्दर श्रेष्ठ र  जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले  संयुक्त रुपमा  उद्घाटन गर्नुभएको छ ।

जयचन्द्र मिडिया ग्रुप प्रा.लि. सञ्चालक जनक केसीको अध्यक्षतामा सन्चालन भएको उद्घाटन कार्यक्रममा  राष्ट्रिय सभाका  साँसद भैरवसुन्दर श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, भेरी नगरपालिकाका उप प्रमुख भावना भन्डारी लगाएत विभिन्न विशिषट व्यक्तीहरु कर्मचारी, पत्रकारहरु, सुरक्षा निकायका प्रमुखहरु, सर्वसाधरण, विद्यार्थी र खेलाडीहरुको  उपस्थिति रहेको थियो ।

जिल्लाका ५० भन्दा वढी महिला खेलाडीहरु सहभागी रहेको  उक्त  प्रतियोगिताको  उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले जाजरकोट जिल्लाका महिला खेलाडीहरुको  क्षमता विकास र उनीहरुलाइ खेलको अवसर प्रदान गर्नका लागि समाजसेवी जयन्तीले गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले  विदेशमा बसेर पनि  नेपाली माटो र जनता प्रति  गहिरो माया देखाउने युवा समाजसेवी जयन्ती सवैको प्रेरणाकी श्रोत रहेको भन्नुभयो ।

गरिव, विपन्न र विपतमा परेका नागरिकहरुको सहयोगका लागि जयन्तीले पुरयाएको योगदान  सवैका लागि उदाहरणीय कार्य हो , राष्ट्रिय सभा सदस्य श्रेष्ठले बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आफुले कमाएको  पैसाले दीनदुखीहरुको सेवा गर्ने र विपतमा परेकाहरुको आँसु पुछ्न अग्रसर हुने जयन्ती सवैको  लागि आदरणीय र उदाहरणीय भएको बताउनुभयो ।

जयन्तीले  जाजरकोटी महिलाहरुका लागि भलिवल खेल आयोजनामा सहयोग गरेर राम्रो काम गरेकोमा प्रजिअ वस्नेतले प्रशंसा गर्नुभयो । विदेशमा वसेर पनि  नेपालको लागि केहि गर्छु भनेर लागि परेकी जयन्तीको समाजसेवी व्यवहार  सवैको लागि  सिको गर्न लायक रहेको बस्नेतले भन्नुभयो ।

कार्यक्रममा  जयन्तीका बुवा धर्मजंग थापाले  छोरी जयन्तीले अरुको हितमा  काम गरेको देखेर आफुलाइ निकै गर्वको महसुस हुने गरेको बताउनुभयो । छोरीलाइ डाक्टर बनाएर जनताको सेवक बनाउने आफनो चहाना थियो तर अहिले छोरीले झन राम्रो र असल काम गरेकोले  जयन्तीको बुवा हुनुमा निकै सन्तुष्टी र खुसी मिलेको  थापाले भन्नुभयो ।

आज मेरी छोरी जयन्तीले जे गरेकी छिन् त्यो कामले उनको बुवा हुनुमा मैले निकै हर्षको अनुभव गरेको छु, थापाले भन्नुभयो ।

कार्यक्रममा  जयचन्द्र मिडिया ग्रुप प्रालिका सन्चालक जनक केसीले आफनो व्यक्तिगत खर्चमा  दीनदुखीहरुको सेवा गर्ने जयन्ती  उदहरणीय नेपाली युवा भएको बताउनुभयो । उहाँले  जयन्तीले  भलिवल प्रतियोगिता सन्चालनको लागि  गरेको सहयोग जाजरकोटका लागि मात्र नभएर समग्र कर्णाली कै लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा  जिल्लामा महिलाहरुलाइ लक्षित गरेर आयोजना गरिएको खुला भलिवल प्रतियोगिताले  महिला खेलाडीहरुको पहिचानमा ठुलो  मदत पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरवहादुर वस्नेतले वताउनुभयो ।  उहाँले  नियमित रुपमा  खेलकुद प्रतियोगिताहरु हुदा मात्र  खेलाडीले आफनो  खेल विकास गर्न सक्ने र  उनीहरुको पहिचान गर्न सकिने  बताउनुभयो ।

भलिवल प्रतियोगितामा प्रथम हुनेलाइ  १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाइ  १० हजार नगद, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाइ ५ हजार नगद  मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।