लोकदोहोरी गीत प्रतिष्ठानको शुभकामना आदान-प्रदान


१ बैशाख, सुर्खेत । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०७६सालको शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना दिने क्रममा वरिष्ठ रङ्गकर्मी गणेश भक्त गौतमले संगितकारको संगितमा राग लागोस, नृत्यकारको खुट्टामा ताल लागोस, गायकको स्वरमा सुर लागोस, रङ्गकर्मीहरुमा निखारपन आओस पुराना मटमुटाव सबै मेटिउन सबैमा नयाँ जोस जागर पलावस कला र संगितका माध्यामले समाज रुपान्तरणको दिसामा अघीबढोस भन्ने शुभकामना दिनुभयो ।

लोक तथा  दोहोरी गीत प्रतिष्ठानले बिगतमा गरेका दु:खहरुलाइ सम्झिदै यहाँ सम्म ल्याइ पुराउन अग्रजहरुको निकै ठुलो देन रहेको र उहाँहरुको माया र ममताले प्रतिष्ठानलाई नेपालमै चिनाउन सकीएको कुरालाइ जोड दिदै कलाकार जरमाया बाठाले बिगतको ईतिहाँस सम्झिनु भयो ।

त्यस्तै कार्यक्रममा नेपाल पर्यटन पत्रकार महासंघ कर्णाली प्रदेश एवं त्रिरत्ना मिडिया प्रा.लि.का अध्यक्ष अशोककुमार सिंहले नव बर्षको शुभकामना दिँदै कर्णाली प्रदेशमा रहेका पर्यटकियस्थलहरुको पहिचान एवं प्रचारप्रसार गर्नकालागि  कला र संस्कृतिको माध्यम बनाई कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पाबाट देउडा त्यस्तै दैलेखको दुलाले भाका जाजरकोट, रुकुम र सल्यानका टप्पा र गर्रा सुर्खेतको थारु, झ्याउरे र सोरठी भाकाबाट बोल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संगितकार कलाकार नृत्य निर्देशक रङ्गकर्मी सञ्चारकर्मीहरुले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र जिल्ला शाखा सुर्खेतको संयूक्त आयोजनामा सम्पन्न भएको हो  ।