३० महिनामा डिपीआर हुदै नलसिंगाड


जाजरकोट ११,असार । राष्ट्रिय गौरवको नलसिंहगाड जलविद्युत आयोजना निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) को काम शुरु भएको छ । ३० महिना भित्रमा आयोजनाको डिपीआर तयार गर्ने गरी काम अगाडी बढेको हो ।

आयोजनाको संभाब्यता अध्ययन पुरा भएपछि यो बर्षदेखि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) कार्यको शुरु भएको हो ।
डिपीआर निर्माणका लागि अन्र्तराष्ट्रिय परामर्शदाता कम्पनी स्मेक अष्ट्रेलिएन, एमडब्लुएच अमेरिकन र उदय कम्सल्ट नेपालको जेभीसँग सम्झौता भएको आयोजनाले जनाएको छ ।

३० महिना भित्रै डिपीआरको काम सम्पन्न गर्नु पर्ने सो समय भित्र काम पुरा नभए थप ६ महिना समय दिइने आयोजनाका डिभिजिनल इन्जिनिएर नरेशसिंह भण्डारीले जनाए ।
IMG_1320आयोजनाको जल विज्ञान मापन आकलन, भुकुम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिंङ्ग, पावर अटिमाईजेसन, फिल्ड सर्भे लगाएत संभाब्यता अध्ययनको काम डिपिआरमा हुने भण्डारी बताए । छनौट भएका परामर्शदाताले नै आयोजनाको संभाब्यता अध्ययनलाई परिमार्जन गरी विद्युत उत्पादन तथा प्रसारणलाईनको वातावरणीय प्रभाव मुल्यांकनको कार्य गर्ने छ ।

डिपिआर निर्माणका लागि १ अरव ११ करोड लागत लाग्ने बताए पनि परामर्शदाताले ९४ करोडमा घटेर कामको जिम्मा लगेका छन् । ४ सय १० मेघावाट विद्युत उत्पादन क्षमता भएको यो आयोजनाको डिपिआर सकिए पनि निर्माणको काम अगाडी बढ्ने भण्डारीले जनाए ।
IMG_1444यस आयोजनाको सन् १९९१ देखि २००१ सम्म जलासय आयोजना पहिचान तथा संभाव्यता अध्ययन भएको थियो । यस आयोजनाको २५ वर्ष पछि डिपिआर हुन लागे पछि जाजरकोटबासी हर्षित भएका छन् ।

यो आयोजना वाताबरण मैत्री, डुवान क्षेत्र कम पुरिने, जलाशयको आयुद्वीगो रहने, खेतीयोग्य जमिनको न्युन क्षेती हुने, विस्थापन कम हुने र भौगर्भिक अवस्था मजबुत मानिएको छ । आयोजना निर्माणको क्रममा ६ हजार रोपनी जमिन र १ सय ५० घरपरिवारका ८ सय स्थानीय वासिन्दा प्रभावित हुने बताइएको छ । डिपिआर निर्माणको टोली शुक्रबार नै जाजरकोट आइपुगेको छ ।

साभारः राराखबर अनलाइन