कर्णालीमा जीप खस्दा १५ जना बेपत्ता(अपडेट)


सुर्खेत ।कर्णाली नदीमा जीप खस्दा १५ जना बेपत्ता भएका छन्।  हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिए।


स्थानीयका अनुसार जीपमा १५ यात्रु सवार थिए। दुर्घटनास्थल सदरमुकामबाट टाढा भएकाले उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली खटाइएको छ। यस्तै वेपत्ता जीपको खोजीका लागि दुई हेलिकोप्टरसमेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

साभारः अन्नपूर्ण पोष्ट ।