विद्यालय स्तरीय क्वीक्स कप प्रतियोगिता शुरु


मिलन श्रेष्ठ ।
असार,९ सुर्खेत । अखिल नेपाल फुटबल संघको आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा सोमबार(आज) देखि वीरेन्द्रनगरमा अन्तर विद्यालय स्तरीय  नकआउट क्वीक्स कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

जिल्ला खेलकुद फुटबल संघ सुर्खेतका अध्यक्ष जनकबहादु रावलको सभापत्विमा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवंम् वीरेन्द्रनगर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष सुरेश मानन्धरले बिद्यार्थी जीवनमा नैतिक सिद्धान्त जतिकै खेल पनि महत्वपूर्ण रहेकोमा जोड दिनु भएको छ । मानन्धरका अनुशार बिद्यार्थी जीवनमा जसरी शिक्षा का साथै असल नागरिक बन्नका लागी नैतिक सिद्धान्तको आवश्यकता रहेको हुन्छ , त्यसै गरी खेल पनि महत्वपूर्ण रहेको बताउनु भयो ।


कार्यक्रममा वडा अध्यक्ष मानन्धरले आफ्नो वडाले युवा बर्गहरुको बिकासका लागी खेल क्षेत्रलाई महत्पूर्ण दिएको हुदा  वडाले खेल क्षेत्रको बिकासका लागी सक्दो सहयोग गर्नै प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

यसैगरी सैनिक आवासिय महाविद्यालयका निमित्त सम्पर्क अधिकृत अप्पुराजा पंत, जिल्ला फुटबल संघ सुर्खेतका निवर्तमान अध्यक्ष गोवद्र्धन खड्का, सैनिक आवासिय महाविद्यालयका निमित्त प्रधान्ध्यापक सोमप्रसाद भट्टराई, जिल्ला फुटबल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमाल लागएतको उपस्थित रहेको उद्घाटन खेल सैनिक आवासिय महाविद्यालय र शिखर मावि रामघाट बिच भएको थियो ।


खेल शुरु भएको १ मिनेटमा नै सैनिक आवासिय महाविद्यालयका जर्सि नम्बर ९का अभिनाश प्याकुरेलले पहिलो गोल गर्न सफल हुनु भएको थियो । खेल शुरु भएको केहि मिनेट भित्रै महाविद्यालयले गोल गर्न सफल भएता पनि खेललाई  भने अग्रता  दिलाउन सकेन । महाविद्यालयले गोल गरेको १४ मिनेट पछि शिखर माविको तर्फबाट जर्सि नम्बर ३ का पवन चुनाराले डिबक्सको केहि मिटर परबाट हानेको बलले सिधै  जालि चुमे पछि पहिलो हाफको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो ।


खेलको दोस्रो हाफ शुरु भएको केहि समय पछि बर्षाका कारण खेल केहि समय प्रभावित भएता पनि दुबै टिमको सहमतीमा खेललाई निरन्तरत दिईएको थियो । तर भारी बर्षा भएका कारण खेल समाप्त हुनु १२ मिनेट अगावै खेललाई रोकेर भोली(मंगलवार) १२ बजे देखि   पूनःसुचारु गर्ने आयोजकले जानकारी दियो ।

सोमबार देखि संचालन भएको विद्यालय स्तरीय नकआउट क्वीक्स कप प्रतियोगिता खेल यहि असार १५ गते सम्पन्न हुनुका साथै प्रतियोगीतामा कुल १२ टिम सहभागी रहेका छन् (खेल तालिका सहित)