महिला जनप्रतिनिधीहरुको आग्रह: “हाम्रा श्रीमानलाई पनि तालिम चाहियो”


१६ असार, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाका महिला वडा सदस्य, कार्यपालिका सदस्य र अन्य महिलाहरुले आफुहरुपनि परिवारबाटै विभिन्न हिंसाको सिकार र पडित बन्नुपरेको बताएका छन् ।

गुर्भाकोट नगरपालिकामा आइतवारदेखी सुरु भएको ‘२ दिने कानुनी अनुशिक्षण कार्यक्रमको सोमवार समापनमा सहभागीहरुले यस्तो बताएका हुन् । वडास्तरमै कानुनी अधिकार सम्बन्धी क्षमता अभिवृद्धीका कार्यक्रम आवश्यक रहेको पनि उनिहरुले बताएका छन ।

“हामि जनप्रतिनिधी भएर के गर्ने, हाम्रा श्रीमानले नै बुझेका छैनन, हामिले मात्र बुझेर हुँदैन ।” महिला वडा सदस्य हरिमाया विकले भन्नुभयो । “हामी नै हाम्रा परिवारवाट पिडित हुन्छौँ अन्य जनताहरुलाइ झन कस्तो समस्या होला ? अनि हामि नै विभिन्न हिंसाबाट पिडित छौँ अनि अरुलाई हिंसा नगरौँ कसरी भन्ने ?” उहाँले कानुन र विभिन्न हिंसाबारे नगरपालीकाले आगामी बजेटमा सबै महिला जनप्रतिनिधीहरुका श्रीमानलाईसमेत क्षमता अभिवृद्धी तालिम दिनुपर्नेमा जोड दिन आग्रह गर्नुभयो ।

“हामि विभिन्न हिंसाबाट उम्केर स्वतन्त्र भएपछी अरुलाई सिकाउनेछौँ ।” उनिहरुले आफु पनि खुलेर जनप्रतिनिधी बन्न परिवार बाधक बनेको बताएका छन् । कार्यक्रममा नगरकार्यपालिका सदस्य शुसिला कार्किले जनचेतना, कुसंस्कार, वालविवाह अन्त्य गर्न वडास्तरमै सचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले कार्यपालिका बैठकमा समेत यो विषयलाई उठान गर्ने प्रतिवद्धता गर्नुभयो ।

यस्तै सहभागी महिला विश्णु शाहाले प्रत्येक टोल टोलमा कानुनसम्बन्धी जनचेतनाका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । सहभागीहरुले आफुहरुलाई कानुनसम्बन्धी धेरै ज्ञान नभएकोले विगतमा विभिन्न घटनामा पिडित भएको अनुभव सुनाए । वडास्तरमै यस्ता कार्यक्रम गरेमा धेरैलाई राहात हुने सहभागीहरुले अनुभव सुनाए ।

गाउँ, टोल, छरछिमेक जहाँतही कानुनी अधिकारसम्बन्धी तथा दण्डसजाए सम्बन्धी कार्यक्रम भएमा हिंसाका घटना पनि कम हुने र पिडितलाई पनि राहातका लागि अधिकारसम्बन्धी ज्ञान हुने भएकाले यस्ता कार्यक्रम नगरपालिकाले वडास्तरमै गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले कानुनबारे उक्त तालिमा सहभागीहरुलाई आ-आफ्नो सम्बन्धित वडा, टोल, छरछिमेक र साथिभाइहरुलाई जानकारी दिन अनुरोध गर्नुभयो । “कानुन सबैले बुझ्नुपर्छ तर सबैभन्दा पहिले महिला पिडित भएकोले कानुन बुझेपछी शसक्त हुन्छन हिंसा सहेर बस्दैनन्।” उहाँले भन्नुभयो ।

गुर्भाकोट नगरपालीकामा वालविलाह धेरै भएको बताउदै उहाँले नगरको आगामि बजेटमा महिला र वालवालिकाको क्षेत्रमा महत्व दिने जानकारी दिनुभयो ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका १४ वटै वडाका महिला वडा सदस्य, नगरकार्यपालिकाका महिला सदस्य र अन्य महिला सदस्य गरी करिब ६० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

द ग्रिनसिटी सेनिटेशन सेवा नेपालको आयोजना, कर्णाली मिडिया सेन्टरसंगको सहकार्य र गुर्भाकोट नगरपालिकाको सहयोगमा कार्यक्रम आइतबारदेखी सुरु भई आज समापन भएको हो ।