साउन २ र १० गते नेपाल बन्दको आव्हान


मिलन श्रेष्ठ

असार,२७ सुर्खेत । सदिऔं देखि नेपाल आदिवासी जनजाती, दलित, मुस्लिम, अपांग,महिला र पीछडा बर्गहरुले लोकसेवा आयोगमा पाउदै आएको आरक्ष सिटहरुलाई संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले सुचना प्रकाशित गरी नेपाल भित्रै बसोवास गर्ने नेपालीहरुलाई सरकारले अपहेलना गरेको कारणले आफूहरु आन्दोलनमा जान बाध्य भएको एक कार्यक्रम बिच नेपाल आदिवासी जनजाती जिल्ला समन्वयन परिषद सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पाले यस्तो बताउनु भएको हो ।

संविधानको मुल मर्म र समानुपातिक समावेशी शिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको असमावेसी विज्ञापन र प्रकृया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनका लागि विभेदकारी सरकारको विरुद्धमा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति,पिछडिएको क्षेत्रले यही असार २८ गते देखि देशव्यापी रुपमा आन्दोलनका कार्यक्रमहरु तय गरिएका छन् ।

शुक्रबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी दिएको छ ।

असार २८ गत प्रचार,प्रसार र पर्चा वितरण काठमान्डौ लगायत देशका विभिन्न ठाउँमा,२९ गते साँझ मसाल जुलुस,३० गते साँझ सिट्ठी जुलुस,३१ गते जुलुस सहित विशाल र्याली प्रदर्शनी ,साउन २ र १० गते नेपाल बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु अगाडी बढाइने नेपाल आदिवासी जिल्ला समन्वय परिषदका अध्यक्ष पञ्चसिंह रोकायले जानकारी दिनुभयो ।

‘केन्दीय कार्यक्रम अनुसार सुर्खेतमा पनि हामीहरुले सबै संघ संगठनहरु संगको सहकार्यमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छौं ।’

कार्यक्रममा जनजाति, आदिवासी, दलित, अपांग, मधेशी, मुस्लीम, पिछडा वर्गका अगुवाहरुको सहभागिता रहेको थियो ।