सुनामी रेष्टुरेन्ट संचालन


मिलन श्रेष्ठ
साउन, १ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुनामी रेष्टुरेन्ट संचालमा आएको छ । पारिवारीक वातावरणियसहितको सुविधासम्प्न्न रेष्टुरेन्ट संचालनमा आएको हो रेष्टुेरेन्टका संचालक लोकजंग रोकायले आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले व्यवसाय संचालन गरेको बताउनुभयो ।

‘हामी बिदेश जानु भन्दा आफ्नै ठाउँमा मेहेनत गरे धेरै प्रगति गर्न सक्छौँ उहाँले भन्नुभयो, ‘आफ्नै ठाउँमा आफु मात्र होइन युवाहरुलाई रोजगार पनि दिन सक्छौँ । बिगत लामो समय देखि व्यवसायी क्षेत्रमा लागेको रोकायले सुनामी रेष्टुरेन्ट मात्र नभई, सुनामी रेमिटान्स, राजन टुर एण्ड टाभल्स पनि संचालनमा ल्याएउनुभयो ।

रेष्टुरेन्टमा हालै अर्डर अनुसार बिहानको खानाको व्यवस्था गरिएको र केहि समय पश्चात बेलुका पनि ग्राहरुको चाहाना अनुशार खानाको पनि व्यवस्था गरिने बताउनु भयो । रोकायका अनुशार हालै विभिन्न परिकारका नास्ताहरुको व्यवस्था सति होम डेलिभरीको सुविधा पनि रहेको उहाँले जानकारी दिनुभयो ।