फिल्ड संचालन तथा कर्जा व्यवस्थापन तालिम


१३ श्रावण, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा संचालित बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि. ले संचालन गरेको विभिन्न कार्यक्रमहरुकालागि फिल्ड संचालन तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

संस्थाले आफ्ना विभिन्न शाखामा रहेका १८ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको तालिममा फिल्ड संचालन,कर्जा वितरण, विश्लेषण र व्यवस्थापनका विषयमा रही कर्मचारीहरुको कार्यक्षमतालाई थप उर्जाशिल र सिर्जानात्मक गराउनका लागी ३ दिने तालिमको आयोजना गरिएको हो ।

तालिमका विषयवस्तुका बारेमा संस्थाका वरिष्ठ प्रबन्धक विशाल के.सी, प्रबन्ध अशोक चौधरी, इलाका प्रबन्धक डम्मर विश्वकर्मा, धन बहादुर शाही, आन्तरिक लेखा परिक्षक रामु सुवेदी र सुचना प्रविधि अधिकृत राजन चपाई ले प्रशिक्षण दिनु भएको थियो ।

त्यस्तै कर्मचारीहरुमा सकारात्मक सोच ,नेतृत्व विकास र समय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले गेहेन्द्रप्रसाद दाहाल ले प्रशिक्षण दिनु भएको थियो ।

संस्थाले समय साक्षेप कर्मचारीहरुको क्षमता अभिबुद्धिका लागी उपलब्धीमुलक तालिमहरु आयोजना गरिदिनाले काम गर्ने उत्साह र हौसला बढदै गएको तालिमका एक सहभागीले बताएका छन् ।

कार्यक्रममा संस्थाका सचिव पासाङ्ग महत्तराले संस्थाले प्रत्येक कर्मचारीहरुको अभिभावक बनी कर्मचारीलाई कुशल र सफल बनाउनका लागी आवश्यक प्रभावकारी तालिमहरुको आयोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

तालिमलाई समापन गर्दे संस्थाका अध्यक्ष पञ्चसिं रोकायाले कर्मचारीको प्रगति हुनु नै संस्थाको प्रगति र संचालित कार्यक्रमहरुले उद्देश्य प्राप्ती गर्नु हो भन्दै कार्यालय,सदस्य र आफनो कार्यक्रम प्रति सधै कर्मचारी इमान्दार हुनु पर्नेमा जोड दिनुभयो ।