हर्रेमा बस दुर्घटना १ महिलाको घटनास्थलमै मृत्यु


११ भाद्र, सुर्खेत । जाजरकोटबाट नेपालगंज तर्फ गइरहेको यात्रुबहाक बस दुर्घटना हुँदा १ जना महिलाको घटनास्थलमै ज्यान गएको छ ।

जाजरकोटबाट नेपालगंज तर्फ हिडेको ना ४ ख ९३१७ नम्बरको बस भेरीगंगा नगरपालिका सुर्खेतको हर्रे नजिक एमाले मोडमा आज विहान करिव ३:३० बजे बस दुर्घटना भएको हो ।

दुर्घटनामा करिव २७ जना यात्रु घाइते हुनुभएको र केहीको स्थानीय स्वास्थ्य संस्था छिन्चु र कोहलपूर मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोहलपूरमा उपचारको क्रममा अन्य २ जना महिलाको पनि मृत्यु भएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको एसपी रजौरेले बताउनुभयो ।