“योद्धाको सपना” लोकर्पण हुने

२६ भाद्र, सुर्खेत । कवियत्री देवकी तिमल्सिना ‘समीक्षा’ को प्रथम कविताकृति ‘योद्धाको सपना’ आउँदो शनिबार लोकार्पण हुने भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक औपचारिक कार्यक्रममा उक्त कृतिको लोकार्पण गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका सचिव सरस्वती पन्तले बताउनुभयो ।

३९ वटा कविताहरु संग्रहित रहेको उक्त कृतिले देश र समाजको यथार्थ चित्रण गरेको र नेपाली समाजले युद्ध कालमा भोगेका यथार्थहरुलाई समेटिएको बताइएको छ । कवियत्री तिमल्सिनाले लामा तथा छोटा कविताहरु तथा मुक्तक विधामा कलम चलाउँदै आउनुभएको छ ।

कर्णाली साहित्य समाजले आयोजना गर्ने कृति लोकर्पण कार्यक्रम सँगै गजलकार देवकी निरौलाले गजल वाचन गर्ने र कवि सुभास अधिकारीले कविता वाचन गर्ने कार्यक्रम समेत रहेको सचिव पन्तले जानकारी दिनुभयो ।

पछिल्लो समयमा गजलकार देवकी निरौलाले धेरै मञ्चहरुमा गजल वाचन गरिसक्नुभएको छ भने कवि अधिकारीले कविता पनि । उहाँहरुका गजल र कविता सुन्नका लागि जिल्ला समन्वय समितिको हल साहित्यकारहरुले खचाखच भरिने आयोजक संस्थाले विश्वास लिएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६     6:21:24 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *