देउती नागरिक यातायातले आफ्नै भवन बनाउँदै


२७ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट संञ्चालित देउती नागरिक यातायात प्रा.लि.ले आफ्नो भवन निर्माणको शिलान्यास गरेको छ ।

२०७२ सालमा स्थापना भएको देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्का जुनीले दोश्रो साधारण सभामा प्रतिवद्धता गरे अनुरुप कार्यालय भवन निर्माण गर्न लागेको बताउँनुभयो ।

उहाँले भन्नुभयो । मैले उक्त सभामा अरु दुईवटा गरेको प्रतिवद्धता शिक्षाकोलागि विद्यालय स्थापना र पेट्रोल पम्प पनि निकट भविष्यमा सञ्चालन गर्ने काम पनि अगाडी बढाईरहेको छु ।


देउती नागरिकले सञ्चालनको दोश्रोबाट नै विमा सुविधा दुर्घटनामा परेका घाईतेहरुको उपचार तथा सवारी साधनको मर्मत, सवारीधनीलाई ऋण सुविधा दिँदै आएको प्रालिका सचिव रमेश खड्काले बताउनुभयो ।

देउती नागरिकले संघीय राजधानी काठ्माडौंकालागि ४ वटा लचकदार बसद्वारा रात्री सेवा र कर्णाली प्रदेशको जुम्ला, कालीकाेट, दैलेख, नेपालगन्ज, सुर्खेत जिल्लाको विभिन्न क्षेत्रमा यातायात सुबिध उपलव्ध गराउँदै आएकाेछ भने अपांगता भएकालाई निशुल्क यात्रा सुबिधा पनि उपलव्ध गराउँदै आएकाे सचिव खड्काले जानकारी दिनुभयो ।