दैलेखमा पहिलो पटक आधुनिक प्रविधीयुक्त मासु पसल सञ्चालन


भावना हमाल ।
दैलेख, दैलेखमा पहिलो पटक आधुनिक मासु पसल सञ्चालनमा आएको छ । स्थानीयलाई ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि सुधारीएको मासु पसल खोलिएको सञ्चालक रमेश केसीले बताउनु भयो । पछिल्लो समय अव्यवस्थित रुपमा मासुको प्रयोग बढ्दै गएकोले मानव स्वास्थ्यमा प्रतिकुल असर परेको यसको निराकणका लागी जिल्लामै पहिलोपटक आधुनिक प्रविधिको मेसिन ल्याएर सेवा प्रवाह गरेको उहांले बताउनु भयो ।

सुधारिएको मासु पसलमा लोकल कुखुराको प्रति केजी ८ सय र ब्रोइलर कुखुराको प्रति केजी ३०० मा विक्रि वितरण गरिएको पनि उहांले जानकारी दिनु भयो । मासु पसल सञ्चालन पछि स्थानीयहरु हर्षित भएका छन् । स्वस्थ र ताजा मासु मात्र नभई सस्तो मूल्यमा मासु पाउँदा स्थानियवासीहरु खुसि हुनुभएको हो । पसल उद्घाटन कार्यक्रममा नारायण नगरपालिकाका मेयर रत्न बहादुर खड्काले नयाँ प्रविधिको प्रयोगले स्वस्थ र ताजा मासु आम सर्वसाधारणले पाउने भएकोले पसल सञ्चालकलार्इ धन्यवाद समेत दिनुभएको छ।