क्यान सुर्खेत शाखा देश कै उत्कृष्ट दोश्रो शाखा


७ मंसीर, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखा देश कै उत्कृष्ट दोश्रो शाखा हुन सफल भएको छ ।

काठमाडौमा जारी कम्प्यूटर एशोसियसन नेपाल महासंघको  २६ औं अधिवेशनबाट क्यान सुर्खेत शाखा उत्कृष्ट दोश्रो शाखा हुन सफल भएको क्यान सुर्खेतका अध्यक्ष तिलक प्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो । यो सफलता भनेको क्यानमा हुनभएका सम्पूर्ण सदस्यहरुको अथक प्रयासबाट भएको हो त्यस्कालागि म सम्पूर्ण सदस्य ज्यूहरुलाई यस्कालागि आभार प्रकट गर्दछु ।

त्यस्तै क्यान कर्णाली प्रदेशका अध्यक्ष प्रेमप्रकाश चन्दले कर्णाली प्रदेशबाट सुर्खेत दोश्रो हुनु नै महत्वपूर्ण उपलब्धी रहेको र कर्णालीका सम्पूर्ण शाखाहरुले उत्कृष्ट कार्यहरु गर्नुपर्ने आग्रह गर्नुभयो । साथै उहाँले क्यान सुर्खेत शाखाका सम्पूर्ण सदस्यहरुलाई उत्कृष्ट कार्यकालागि आभार समेत प्रकट गर्नुभयो ।

क्यान सुर्खेतका संस्थापक अध्यक्ष रामकिशोर रावलले सम्पूर्ण क्यान सुर्खेतका सदस्यहरुलाई शुभकामना दिदै अब सुर्खेत शाखा आगामी बर्ष देश कै उत्कृष्ट हुने गरि अगाडी बढ्न क्यान सुर्खेतका कार्यसमिति एवंं सदस्यहरुलाई आग्रह गर्नुभयो ।