हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१३ मंसीर, सुर्खेत । हाजिरीजवाफ प्रतियोगीता सम्पन्न प्राज्ञिक विद्यार्थी परिषद नेपाल वीरेन्द्रनगर सुर्खेतको आयोजनामा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा इजरब्रिज माध्यमिक विद्यालयका प्रकाश थापा, मोहन शर्मा र मनिष सिंह ठकुरी प्रथम हुनुभएको छ भने श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामका लक्ष्मण थापा, वीर बहादुर रावत र कल्पना खनाल द्वितीय हुनभएको छ ।

त्यस्तै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय (डाँडा स्कुल) का हिक्मत दानी, नगेन्द्र थापा र अगस्तराज जैशीले तृतीय स्थान ल्याउन सफल हुनुभएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदको जयत जयन्तीको अवसरमा यही मंसिर २४ गते पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ । उक्त दिन संस्थाले रक्तदान समेत गर्ने योजना रहेको नगर सचिव लोकराज आचार्यले जानकारी दिनुभयो । २५ वर्षको इतिहास बोकेको यो संस्थाले सामाजिक कार्य तथा व्यक्तित्व विकास सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।