फोनिज कर्णालीको प्रादेशिक महाधिवेशनको तयारी पूरा


१७ मंसीर, सुर्खेत । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज कर्णाली प्रदेशको प्रथम प्रादेशिक महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा हुने प्रथम प्रादेशिक महाधिवेशनमा भाग लिनकालागि प्रदेशका सदस्यहरुको सुर्खेतमा आगमन भैसकेको फोनिज कर्णाली प्रदेशका इन्चार्ज अशोक राजीले बताउनुभयो ।

“सञ्चारमा समावेशिता, ऐन कार्यान्वयनमा अनिवार्यता” भन्ने मूल नाराका साथ आदिवासी जनजाती पत्रकारहरुको प्रादेशिक महाधिवेशनमा सहभागिताकालागि फोनिजका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग, महासचिव मनोज घर्ती र संंगठन सचिव मिलन लिम्बु सुर्खेत आइसक्नु भएको जानकारी इन्चार्ज राजीले दिनुभयो ।

महाधिवेशनमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको प्रमुख आतिथ्यतामा पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस संगठनका प्रदेश प्रमुखको सहभागीता रहने आयोजकले जनाएका छन्  ।

आदिवासी जनजातिका क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुलाई एकसुत्रमा आवद्व गरी व्यवसायिक नेतृत्व प्रदान गर्ने र पेशागत हक, हितको संरक्षण गर्ने उद्धेश्यले गठन भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)मा करिब ३ हजार जातिय पत्रकारहरुको संस्था आवद्ध रहेका छन् ।