वयलकाडा पर्यटन मार्ग नामाकरण


२१ मंसीर, सुर्खेत । साविक वीरेन्द्रनगर नगरपालिका वडा नं १ र २ काे सीमाना छुट्टाउने डहरलाई स्थानीयहरुले वयलकाडा पर्यटन मार्ग नामाकरण गरेका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगर १ मा वसेकाे आम भेलावाट उक्त सडककाे नाम राखिएको हाे ।

पूर्व प्रशासक एवं स्थानीय खम्बराज थानीकाे अध्यक्षतामा वसेकाे भेलाले सडककाे नामाकरण गर्दै उक्त सडकमा कालोपत्रे सम्म गर्ने गरि निर्णय गरेकाे छ । तत्कालिन मध्यपश्चिम अस्पताल विकास समितिका पूर्व अध्यक्ष समेत रहेका थानी प्रशासनीक उच्च तहमा चिरपरिचित नाम हाे । छाेटाे समयमै मप अस्पतालकाे भाैतिक संरचना खडा गर्नुभएका उहाँ नेकपाकाे उच्च राजनीतिक नेतृत्वलाई समेत प्रभावमा पार्न सक्ने व्यक्तिको रुपमा स्थानीयहरुले स्वीकार गर्ने गर्दछन् ।


भेलाले थानीकाे अध्यक्षतामा ९ सदस्यीय समिति समेत चयन गरेकाे छ। जसको उपाध्यक्षमा टेकबहादुर खत्री, सचिवमा चिन्तामणि शर्मा र काेषाध्यक्षमा लक्ष्मी वली रहेकाे अध्यक्ष थानीले जानकारी दिनुभयो ।

भेलाले हटलाईन देखि उत्तर पाेखरी सम्मकाे दायाँबायाँ पक्की नाला निर्माण गर्ने, वाटाेमा परेको जग्गाकाे लगत कट्टा गर्ने, वाटाेकाे लगत स्टिमेट वनाउन र वाटाे वनाउदा वीच विचमा विश्रामस्थल र पार्क वनाउने गरि यसकाे समग्र डिजाइन गरिदिन वीरेन्द्रनगर नगर पालिकालाई अनुराेध गर्ने समेत निर्णय गरेकाे छ । भेलाले विवेक वलीकाे संयाेजकत्वमा सडक निर्माण अनुगमन समिति समेत गठन गरेकाे छ । वाटाे निर्माणका लागि आवश्यक वजेट व्यवस्था गरिदिन वीरेन्द्रनगर नगरपालिका, कर्णाली प्रदेश सरकार र अन्य दाताहरुलाई अनुरोध गर्ने समेत भेलाले निर्णय गरेकाे छ।