सहकारीहरुले उच्चतम् प्रविधिको प्रयोग गर्नु पर्दछः कार्यकारी अधिकृत गुरागाई


तस्विरःहरिहरनाथ योगी ज्यूको फेसबुकबाट ।

काठमाडौं ।सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले अब सहकारीहरुले उच्चतम् प्रविधिको प्रयोग गर्नु पर्ने बताउनु भएको छ । काठमाण्डौंमा हालै सम्पन्न राष्ट्रिय सहकारी बैंकको अधिवेशनमा उक्त कुरा बताउनु भएको हो ।

सहकारी बैंकले राजधानीमा आयोजना गरेको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम’मा सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारी संघ संस्थाबाट आएको गुनासोलाई सम्बोधन गर्न ब्याजदरमा परिवर्तन गरी एक अंकको दर कार्यम गर्नलागेको जनाएका हुन् ।

उनले उत्पादन, रोजगारी र आयत विस्थापित गर्ने उद्धेश्यमा लागेका सहकारीलाई सिङ्गल डिजिट ब्याजदरमा ऋण प्रवाह गर्ने संचालक समितिको निर्णय भएको जानकारी दिए । उनले सहकारी बैंकले २० अर्व कर्जा परिचालन, २० अर्व बचत तथा २ अर्व शेयर पूँजी संकलन गरेको र खराव कर्जाको मात्रा घटाएको बताए ।

सहकारीहरुले उच्चतम् प्रविधिको प्रयोग गर्नु पर्ने बताए । उनले सहकारी बैंकले भुक्तानी पूर्जा, चेक क्लियरको समस्या भोगीरहेकोले यसको सहजीकरण गर्न सरोकारवालासंग आग्रह पनि गरे । सहकारी बैंकको क्षमतामाथि प्रश्न गरिरहेकोले त्यसको निवारणकालागि तत्कालै एटिएम तथा पेमेण्ट प्लेटफर्मको सुरुवात गर्नलागेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।
कार्यक्रमको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उद्धघाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिइन् ।

उनले भनिन् ‘पुजीको निमार्ण बिना समाजबाद आउदैन, त्यसैले सहकारीले पुजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजबादको रेखा कोरिन्छ र सहकारी कर्मीले समाजबादको अभियान्ता भन्न पाउनुहुन्छ ।’
मन्त्री अर्यालले आर्थिक समृद्धिलाई प्राथमिकताका राखेर सहकारीहरुले काम गर्नुपर्ने बताइन् ।

सरकारले सबै सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी आवश्यक कानुनको तर्जुमा गरिरहेको बताउँदै दिगो लक्ष्य हासिल गर्नका लागि बढी भन्दा बढी लगानी र व्यक्ति सहभागी भएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा जोड दिइन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले मन्तब्य राखेका थिए । कार्यक्रममा सहकारी विभागका रजिष्टार डा। टोकराज पाण्डेले सहकारी संचालकको दायित्व, सुशासनको दृष्टिकोण, राष्ट्र बैंकका उपनिर्देशक हरी नेपालले सहकारीमा सम्पत्ती सुद्धिकरण, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजीक सुरक्षा कोषको बारेमा, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले सहकारीमा लघु उद्यम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी विन्धबासिनी साकोसका प्रवन्धक केबी लामा, महारानीझोडा साना किसान कृषि सहकारीकी अध्यक्ष मिना ढकाल तथा नेपाल बहुउद्धेश्यीय सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले सफल ब्यवसायीक सहकारीको अनुभव आदान प्रदान गरेका थिए । सहकारी बैंकले देशभरका सहकारी संघ संस्थाकोलागि पुष ३ गते १६ औं वार्षिक साधारण सभाको दिनबाट एटिएम सेवा शुरु गर्दैछ ।
साभारःबर्तमान सहकारी खबर ।