दैलेखको एक कपडा पसलमा आगलागी


तस्विरःखबर २४ नेपाल ।

पौष ३ दैलेख। दैलेख जिल्लाको नारायण नगरपालिका–१ मा रहेको एक फेन्सी पसलमा आगलागी हुँदा पसल जलेर पूर्ण रुपमा क्षति पुगेको छ । प्रारम्भीक अनुसन्धानमा बिधुत सट भई उक्त पसलमा आगो लागेको हुन सक्ने प्रहरी प्रमुख हरी बहादुर वलिले बताउनु भयो ।वलीका अनुशार बुधवार राति करिब १ बजेको समयमा भएको आगलागीबाट नयाँ बजारमा फेन्सी पसल गर्दै आएका ताराकीशोर शर्मा (अधिकारी)को पसलमा आगलागी भएको हो । आगलागि हुँदा पसल भित्र रहेका सम्पूर्ण सामानहरु जलेर पुर्ण रुपमा क्षति का छन् भने पसल मालिक नहुदा क्षतिको एकिन विविरण आउन समयल लाग्ने छ ।


तस्विरःखबर २४ नेपाल ।