सिद्धार्थ बैंक को १७ औं वार्षिकोत्सव सुर्खेतमा पनि मनाइयोे ( फोटो फिचर )


 

सुर्खेत ।  ‘सम्बन्धका सत्र बर्ष’भन्दै सिद्धार्थ बैंक सुर्खेत शाखाले बैंकको १७ औं वार्षिकोत्सव मनाएको छ ।  सिद्धार्थ बैंकले १७ औं बार्षिकोत्सवलाई लक्षित गरी आफ्ना ग्राहकको सुविधाको लागि ल्याएको विशेष छुट योजनालाई लागू समेत गरेको छ ।
आजकै दिन देखि आधुनिकतम् र सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित सन् २००२ देखि बैंकिङ सेवा सुरु गरेको सिद्धार्थ बैंकले आफ्नो स्थापनाको १७ वर्ष पूरा गरेको अवसरमा पुस ९ देखि माघ १० गतेसम्म लागू हुने गरी छुट योजना ल्याएको हो । सुर्खेत लगायत देशभरका अन्य शाखाहरुले पनि यो योजनालाई लागू गरेकाछन् ।
यस्ता छन् बैंकले दिने छुट योजना
–दराजमा कार्ड मार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५ सय रुपैयाँसम्म) छुट
– पहिलो दुई पटक ५ सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ क्यास ब्याक
–पहिलो दुई पटक ५ सय वा सो भन्दा बढी रकमको मेसिन मार्फत् कारोबार गर्दा ३८२ क्यास ब्याक
– एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५ हजार रुपैयाँको पस मेसिनमार्फत् कारोबार गर्दा १ हजार रुपैयाँ क्यास ब्याक
–बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम ५ सय रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक
बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १ हजार ६ सय भन्दा बढी पस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सिद्धार्थ बैंकले प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका सुगमदेखि दुर्गम भेगसम्मका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ–संस्था एवं सर्वसाधरणलाई छिटोछरितो र भरपर्दो रूपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ सेवा, रेमिटान्स सेवालगायत सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले बैंकिङ उद्योगमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ ।
१७ वर्षे यो सफल यात्रामा साथ एंव सहयोग प्रदान गर्नु हुने ग्राहकहरू, नियमनकारी निकाय, सेयरधनीहरू र सम्पूर्ण सरोकारवालाहरूमा सिद्धार्थ बैंक हार्दिक आभार व्यक्त गर्दै र आगामी दिनहरूमा ग्राहकहरूसँगको सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने बैंकको प्रण छ ।