धरानमा चार दिने यःमरी उत्सव सुरु

तस्बीरःमकालु खबर ।

पुस ९, धरान । नेवाः देय् दवू धरान उपमहानगर समितिको आयोजनामा सुनसरीको धरानमा बुधबारबाट यःमरी साँस्कृतिक तथा पर्यटन उत्सव सुरु भएको छ । धरान १२ छाताचोक स्थित रिजाल टासीको खाली जग्गामा सुरु भएको यःमरी उत्सव पुष १२ गते चार दिन सम्म चल्नेछ ।
नेवार समुदायको बौद्धिक तथा सामाजिक व्यक्तित्वहरुले आफ्ना संस्कार र साँस्कृती झल्काउने तथा नयाँ पुस्तालाई लोप हुँदै गरेको संस्कार र सँस्कृतिका बारेमा ज्ञान प्रदान गर्नका निम्ती पनि यस्ता खाले महोत्सवहरुको आयोजना हुनैपर्नै आयोजक नेवाः देय् दवू धरानका अध्यक्ष मनोहर शाक्यले बताए ।

शाक्यले यःमरीको महत्व र यःमरी उत्सवलाई प्रभावकारी रुपमा सम्पन्न गर्न, नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्ता र गैर नेवार समुदायबीच पुर्याउन उत्सवले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । उनले नेवार जातीको संस्कृतिसँगै अन्य जातीहरुको संस्कृतिलाई पनि उत्सवमा समेटिएको पनि बताए ।

आजबाट सुरु भएको यस चार दिने उत्सवमा नेवार जातीको गीत तथा नृत्य प्रर्दशन गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, नेवारी परिकार र पहिरन प्रदर्शन गरिने भएको छ ।

त्यस्तै सोही महोत्सवमा एउटा आर्कषकको रुपमा २५ किलोको यमरी समेत राखिएको छ । यःमरी नयाँ चामलको पिठोबाट बनाईने एक प्ररिकार हो । चामलको पिठोलाई दुई तिर चुच्चो भएका डल्लोेको विचमा चाकु राखेर पानीको बाफमा पाकाएर तयार गरिएको हुन्छ ।
विभिन्न आकार र परिकाले बनाईने यःमरी धरै प्रकारको हुने गर्दछ । यःमरी परिकार नेवार समुदायले यमरी पुर्णेका दिन मात्र नभएर विभिन्न बिभिन्न अवसरमा आवश्यक हुने र यसलाई बनाउन निकै मेहनत गर्नुपर्ने हुन्छ ।

धरानमा नै यस भन्दा अघिल्लो बर्ष भएको यमरी महोत्सवमा माग अनुसार प्रयाप्त पुर्याउन नसकेको र यःमरीको गुणस्तरमा पनि ध्यान दिन नसकिएको गुनासो आएकोले यस पटक त्यसमा सुधार गरिएको आयोजकको दावी छ ।

३० वटा स्टल राखिएको सो महोत्सवमा बिभिन्न जातीय खानाको परिकार तथा घरेलु वस्तुहरुको प्रदर्शनी तथा बिक्रि बितरणका लागी राखिएको छ । नयाँ पुस्तालाई यमरीको मर्म थाहा छैन ।

यसैबीच धान्य पूर्णिमा अर्थात् नेवार समुदायले मनाउने यमरी पुन्हिको अवसरमा साँझ नेवार समुदायको घर आँगनमा गुञ्जिने उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउछ, तर उनीहरु सो भाका गाउदै यमरी माग्न भने जान्न छाडेका छन् ।

युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट बिमुख हुँदै जाँदा यमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको पनि छ ।

नेवार समुदायमा यमरी पुन्हीको साँझ घरघरमा गई योमरी माग्ने प्रचलन छ । तिहारमा खेलिने देउसी भैलो जस्तै नेवार समुदायका केटाकेटी तथा युवायुवती टोल छिमेकका घरघरमा गएर यमरी भाका गाउँदै यमरी माग्ने गर्दछन् ।यमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको इतिहास एवं संस्कृतिविद्हरुको भनाई छ ।
उनीहरुका अनुसार यो प्रचलन लिच्छवीकालीन समयदेखि चलेको हो । अंशुवर्माको पालादेखि नै यो चलन चलेको वंशावलीमा उल्लेख छ ।

यमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा रहेको खाली भागमा विशेषगरी चाकु राख्ने गर्दछ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।

पानीको वाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यमरी अर्थात् मनपर्ने रोटी रहन गएको होे ।

नेवार समुदायमा यमरी पुन्हीलाई अन्नपूर्णा देवीको पूजाका रुपमा समेत लिइन्छ । यस दिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर अन्नको भण्डार र भकारीमा चढाउँदा अन्नले भरिपूर्ण हुन्छ भन्ने विश्वास रहेको छ ।
यमरीलाई कुवेर र गणेशको प्रतीकका रुपमा लिइन्छ । पूर्णिमाका दिन अन्नका भकारी र भण्डारमा चढाएको यमरी चार दिनपछि मात्र प्रसादका रुपमा बाँडेर खाने प्रचलन छ ।

यमरी पूर्णिमाको बारेमा धार्मिक कथन अनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपती कुवेर गरीब ब्राह्मणको भेषमा भिक्षा माग्न सूचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यमरी खुवाए ।

उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रुप देखाई योमरीको गुण र धानको भकारीमा श्री गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यमरी चढाउने बिधी बताएर गए ।

सोही अनुरुप सुचन्द्र दम्पतीले यमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पती अझ वृद्धी भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा योमरी पूर्णिमाको संस्कृती विकास भएको जनश्रुति रहेको पाइन्छ । साभारःमकालु खबर ।

प्रकाशित मितिः बिहिबार, पुस १०, २०७६     8:38:10 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *