लालबहादुरको स्मृतिमा बक्तृत्वकला प्रतियोगिता


मिलन श्रेष्ठ
माघ, १० दैलेख । जेसिज दैलेखको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दैलेख जिल्लाको सदरमुकाममा शुक्रबार(आज) सामाजिक रुपान्तरणका लागि युवाको भुमिका बिषयक बिधालय स्तरिय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

दैलेख नारायण नगरपालिका वडा न.१ स्थीत श्री आधारभुत जनता बिधालयको प्रणांगमा सम्पन्न भएको प्रतियोगितामा श्री महेन्द्र मा.वि.५ सोतकि छात्रा सोनिया थापामगर प्रथम हुनु भएको छ भने प्रतियोगितामा त्रिभुवन उमाविका छात्र सुजल खनाल द्धितिय र बसन्त मावि किमुगांउकि छात्रा निशा खनाल तृत्रिय हुनु भएको हो ।

सामाजिक रुपान्तरणका लागि युवाको भुमिका बिषयक बिधालय स्तरिय बक्तृत्वकला प्रतियोगितामा विभिन्न १० वटा माविले भाग लिएका थिए । जस अन्तर्गत श्री महेन्द्र मा.वि.५ सोतकि छात्रा सोनिया थापामगर ४०.३३, सुजल खनाले ३९.६६र निशा रावतले ३९.३३ अंक प्राप्त गरेर क्रमस प्रथम, द्धितिय र तृत्रिय हुनु भएको हो । प्रतियोगितामा प्रथम, द्धितिय र तृत्रिय हुने छात्रा÷छात्रलाई क्रमश नगद ७ हजार ५ सय, ५ हजार, ३ हजार र सान्त्वना स्वरुप श्री रैनादेवि माविका छात्रा रोशनी बिष्टलाई रु १ हजार ५ सय रुपैया र प्रमाण पत्र प्रदान गरिएको थियो ।

बिक्रम सम्बत् २०१४सालमा दैलेख जिल्लामा जन्मलिई प्रतिष्ठित व्यापारी र एक सामाजिक व्यक्ति लालबहादुर श्रेष्ठको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरिएको दैलेख जेसिज बर्ष २०१७का अध्यक्ष जेसि बिनोद श्रेष्ठले जानकारी दिनु भयो ।श्रेष्ठका अनुशार २०१४ सालमा जन्मनु भएका व्यापारि तथा कुशल राजनितिज्ञ लालबहादुर श्रेष्ठका २०७५ साल माघ ८ गते निधन भएको थियो भने उहांको २ छोरा र १ छोरि समेत हुनुहुन्छ ।

दैलेख जेसिज बर्ष २०२०का अध्यक्ष जेसि प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा नारायण नगरपालिकाका उपमेयर सावित्रि मल्ल, नारायण नगरपालिका वडा नं १का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठ, दैलेख उधोग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक, नेवा देय् दबु जिल्ला कार्यसमितीका अध्यक्ष दिपबहादुर श्रेष्ठ, दैलेख उधोग बाणिज्य संघका सदस्य कृष्ण श्रेष्ठ, जनता आधारभुत बिधालयका प्रधानाध्यापक कृष्णबहादुर श्रेष्ठ, दैलेख जेसिज बर्ष २०१९का अध्यक्ष जेसि सन्देश श्रेष्ठ लगाएतको आथित्यता रहेको कार्यक्रममा सामाजिक कार्य गरिरहेको विभिन्न संघ–संस्थाहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रममा जेसि भुपेन्द्र शाहिले स्वागत मन्तव्य दिनु भएको थियो ।