प्रथम मेयर कप फुटवल प्रतियोगिता स्थगित


२३ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही चैत्र १ गते देखी ८ सम्म सञ्चालन हुने प्रथम मेयर कप फुटबल प्रतियोगीता अर्को सूचना जारी नभएका सम्मकालागि स्थगित गरिएको छ ।

स्वास्थ्यको लागि खेलकुदराष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र जिल्ला फुटबल संघको आयोजना प्रतियोगिता संञ्चालन हुन लागेको प्रतियोगिता विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकूद परिषदको निर्देश अनुसार स्थगित गरिएको सुर्खेत जिल्ला फुटवल संघका उपमहासचिव शरद भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।