स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई यो बेला प्रोत्साहन गरौ


लक्ष्मण बम ‘पलाँती कान्छा’

– लक्ष्मण बम “पलाँती कान्छा”

विश्व यतीवेला महामारीले आतङ्कित र भएभित भएको छ । दिन दुईगुणा त रात चौगुणा महामारीले ज्यान लगिरहेको छ ।

यहाँ न गरिब न धनी न कलाकार न नेता, न सुरक्षाकर्मी त न स्वास्थ्यकर्मी भनेको छ । चौतर्फी हमला गरिरहेको बेला शक्तिशाली राष्ट्र पनि आज घुडा टेकेर एक अर्को लाई हारगुहार गरिरहेका छन् ।

एकातिर त अर्कोतिर देशै ठप्प गर्ने होडबाजिमा साना देखि ठुला सरकार लागिरहेका छन् । सबैलाई घरभन्दा बाहिर ननिस्कन विभिन्न संचारमाध्यम तात्तियर अपिल गर्न तल्लीन रहेका छन । यतिले मात्र यहाँ पुगेको छैन आज हामी कहि केही समस्या त कहि चेतनाको कारण नियम पालना गर्नमा कन्जुस्याइँ गरिरहेका छौ भने स्वास्थ्य क्षत्रमा पनि चेकजाँच गर्नु पर्छ म बिरामि भए पनि अरुलाई बिरामि हुन दिनु हुन्न भनेर कोहि कसैसँग मानबियताको अभाबका कारण सरकार देखि समुदाय संकटमा छ ।

यसैलाई बचाउन अवरत्न खटिरहने जो समाजसेवा होस् या बाध्यता ले जिबनको प्रबाह नगरि भोक निन्द्रा र घाम पानी नभनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खट्नुपरेको छ । न यिनलाई पर्याप्त मात्रामा स्रोतसाधन उपलब्ध गर्न सकेका छौ नत यिनलाई पकेट खर्च दैनिक उपलब्ध गर्न सकेका छौ अध्यारोमा खटिएर उधारो पेट पाल्न बाध्य छन । यसरी खटिने ब्याक्तिलाइ हौसला दिलाउन जरुरी हुन्छ ।

प्रोत्साहन दिएर थप बल पैदा गर्ने बेला कहिनीर हामी सरकार वालाले मन दुखाउनु राम्रो हुदैन आज एक पछि अर्को  समाज आतङ्कित हुनेगरि तात्तिएका सामाजिक संजालका भित्ताले त्यति राम्रो हुदैन त्यसैले प्रत्येक पलपलमा जिम्मेवार निकाय सजक हुन जरुरी छ । निर्णय लिदा अघिपछि सबै अध्यायन गरेर लिन जरुरि छ ।

यहाँ दिनरात नभनेर यो बेला घरपरिवार नभनेर कोठाभित्रबाट दुनिया हल्लाउनेको जिउ ज्यान बचाउने लाई अति भन्दा अति प्रोत्साहन गरौ यहाँ अर्बौ कर छल्ने एनसेल कम्पनि र करोडौं छल्ने उद्योगी लाई कठघेरामा ल्याएर बैंक ब्यालेन्स सिधै कब्जा गरेर बिपदमा लगानि गरौ र राज्यलाइ बचाउँ अनि सम्पूर्ण समुदाय साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई सरकार भएको अनुभूति गराउनु नै हाम्रो कार्यभार हो ।

यो बेला वचन र बचाउन सकेनौ भने इतिहासले छोड्ने छैन हामी सचेत हुन आग्रह गर्दछु आज प्रहरीको तलव भत्ता काटेर बिपद कोषमा जम्मा गर्ने खबरले दुईचार अक्षर सन्देश मुलक लेखेको छु ।