कोरोना कहर


विश्व अहिले कोरोना भाइरस कोभिड १९ को महामारीले च्यापेको अवस्था छ । अहिले जताततै केवल कोरोना कै कुरा हुन्छ ।

यसो गर्यो कोरोना उसो गर्यो कोरोना । यही कोरोनाको त्रासमा यतिखेर सारा मानव जगत बाँची रहेको छ । कोरोनाले जतीलाई अंगालेको छ त्यसको अनुपातमा मानिसको मृत्युदर भने कम छ । यस्को उपचार के भन्दा । कसैको मुखबाट उत्तर आउनै मुस्किल पर्छै । स्वास्थ्यकर्मी एउटै उत्तर हुन्छ कसैसंग भेटघाट नगरे घरमा समेत अलग्गै बस यही नै हो उपचार । यस्को अहिले सम्म कुनै ओखती बनेको छैन् । बैज्ञानिक दिनरात खटिरहेका छन् मानवजगतलाई कसरी बचाउन सकिन्छ भनेर ।

कोरोना हाम्रो मित्र राष्ट्र चीनको बुहान शहरबाट शुरु भएको बताइएको छ । हामी भाग्यमानी हौ भनेर भन्नुपर्छ । यती नजिकको छिमेकी देश बाट शुरुभएको यो रोगको शिकार हामी निकै नै न्यून मात्रा छौं । यो हाम्रो अहोभाग्य नै हो । हामी भन्दा धेरै टाढका देशमा धेरै फैलिरहेको यो रोग हाम्रो देशमा न्यून हुनु चमत्कारी नै हो जस्तो मान्नुपर्छ ।

धेरै राष्ट्रले कोरोनाको संक्रमणबाट आफ्नो जनतालाई बचाउनकालागि राष्ट्रलाई लकडाउन गरेर राखेको स्थिती छ । अहिले यही स्थितीमा हाम्रो देश छ । बेलैमा सरकारले लकडाउन गरेर राख्नु नै महत्वपूर्ण कार्य हो । तर लकडाउनलाई थुप्रैले उल्लंघन गरिरहेका छन् । यती लामो लकडाउन होला भनेर न सरकारले न जनताले सोचेका थिए । तर परिस्थिती अर्कै भइदियो ।

यही कोरोना भाइरसले अहिले राहतको माहोल शुरु भएको छ । यही राहतमा पनि कार्यकर्ताहरु नेताहरुलाई राजनिती गर्न बाध्य पारिरहेका छन् । सम्बन्धित विपन्न परिवारले राहत नपाउनु भनेका कार्यकर्ताले विपन्न परिवारको नाम सिफारिस गर्नु नै अहिले निर्क्योल निस्किरहेको । यहाँ केवल नेतालाई दोष दिइरहेको छ । विरोधकालागि विरोध गर्नेको जमात संगठित हुँदैछ ।

सरकारले लकडाउन गरेसंगै सुरक्षाकर्मी पालन गराउँन तल्लीनछन् भने अर्का तर्फ व्यापारी संघ संस्था अतिआवश्यक बस्तुका पसल खोल्ने समय बनाउनछन् तर कुनै तारतम्य मिलेको पाइदैन भने जनताहरुपनि यस्को दुरुपयोग गर्दै घुम्न मै व्यस्त छन् । पासको दुरुपयोग पनि त्यतिकै छ । पावर र पहुँच हुनेहरुले पास लिएर दुरुपयोग गरि लकडाउनमा मोजमस्तीमा रमिरहेका छन् । जनताहरु संघीय राजधानीबाट घरतर्फ फर्किनेको लर्को यतिवेला राजमार्गमा प्रशस्त भेटिने गरेको छ । यही घरतर्फ फर्कनेहरुलाई सरकारले सम्बन्धित ठाउँसम्म लगिदिनुपर्ने आवाज पनि उठीरहेको छ । सरकारले जनतालाई २ दिन भित्र घरसम्म पुर्याइदिने भनेको थियो तर प्रदेश सरकारको बाधापछि त्यो कार्यान्वयन हुन सकेन । कतिपय स्थानीय सरकारले आफ्ना नागरिकहरुलाई लिएर पनि आएको पाइएको छ । तर यसरी कति दिन चल्छ । नागरिकहरुमा सचेतनाको कमी भएको छ यतिखेर । विश्व कोरोनाको त्रासमा छ । तर नागरिक त्रासलाई एकातिर थाती राखेर आफ्नो घरतर्फ पैदलै भएपनि हिडिरहेका छन् ।

लकडाउन के विपन्न वर्गलाई मात्र हो ? कोरोना के विपन्नमा मात्र लाग्छ ? यदि यस्तो हो भने दिनप्रतिदिन लकडाउन लम्विदै जानेछ । कोरोना भाइरसको महामारी प्रति हामी सबैजना सचेत हुन जरुरी छ । यो भयावह स्थिती हाम्रो देशमा सल्कियो भने हामी यस्को सामाना गर्न सक्ने स्थितीमा छैनौ । त्यसैले बेलैमा ध्यान दिएर लकडाउनलाई पालना गर्ने की ?