मोटे ग्याङ्ग नेपालको प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र


ध्यानाकर्षण पत्र
कर्णाली प्रदेश सरकार
हाल लकडाउनको समयमा जतासुकै सुनसानले छाएको छ तर बिडम्बना हाम्रो कर्णाली प्रदेशमा रासनपनि नपाएर आफ्नो घरको चुलो समेत नबल्ने ठाउमा सरकार पक्षले राहत बाडिरेको छ त्यस्तै कर्णाली प्रदेश सरकारले पनि विभिन्न ठाउँमा यस समयमा ध्यान दिन पनि उत्तिकै जरुरी छ । किन भने वीरेन्द्रनगर सुन्दर नगरका लागि विभिन्न विभागका क्षेत्रहरुले विकास र अनुगमनका लागि यहाँ रहेका हरेक क्षेत्रमा उत्तिकै ध्यान दिनु पर्ने हो तर अहिले भने सरकार पक्ष नै चुपचाप बसेको छ । राहत सङ्कलनमा थुप्रै वितरण गर्न हिड्डुल गरेता पनि राहात लिने भन्दा पनि दिनेको धरै घुइचो लाग्नु पर्ने देखिन्न सम्बन्धित ठाउँमा सम्बन्धित कर्मचारी वा जनप्रतिनिधिहरु सुरक्षा अपनाएर जान सकिन्छ । त्यसै गरी हाल कर्णाली प्रदेश सरकारले अनुगमन गर्न जाँदा सरकारी गाडिमा सिमित जनप्रतिनिधिहरु अनुगमन गर्दा भोलिको दिनलाई सहज हुनेछ ।

सुर्खेतको विभिन्न ठाउँको बिकासमा पनि जोड दिन उत्तिकै जरुरी देखिन्छ । र विकासको क्रममा नै लकडाउनको आज २८औं दिनमा जहाँ जति पनि राहत वितरण गर्दा आफ्नो सुरक्षा अपनाएर वितरण गरिएको थियो त्यस्तै गरि जनप्रतिनिधिहरु र कर्मचारिहरुले अनुगमन गरि यस्ता समस्याहरु पहल उठाउन जरुरि देखिन्छ ।

जस्तैः
१ बजार क्षेत्रमा रेहेका सोलार चेकजाच,
२ बाटो घाटो निरक्षण,
३ फोहोर ब्यास्थापन ,
४ ट्राफिक नियम सम्बन्धी होर्डिङ बोर्डहरु,
५ बजार क्षेत्रमा भएका रुख काट्ने देखि लिएर तारहरुको व्यवस्थापन,
६ नाला र पुलहरुको निरिक्षण,
७ खोर्के खोला पुलको बार बनाउने तर्फ जोड,
८ सिसी क्यामेरा जडान तथा अबोलोकन,
९ भत्किएका बाटो मर्मत,
१० फोरलेनमा लाईट बनाउन पहल साथै बजार क्षेत्रमा जेब्राक्रस,
११ गाई बस्तुको उचित ब्यबस्थापन,
१२ बजार क्षेत्रमा रेखिएका होडिङ बोर्डको ब्यब्स्थापन
१३ फुट्पात ब्यबस्थापन आदि,

जस्ता कुराहरुमा अहिले अनुगमन गर्दा भोलीको दिनमा सजिलो रहनेछ । साथै सरकार पक्षले अहिले सुरक्षा अपनाएर अनुगमन गरी समस्याहरुको एउटा निचोड निकाली भोलीको दिनमा कहाँ के छ भनी काम गर्न सहज वातावरण बनाउन सक्नेछ, भने केही ठाउँमा सुरक्षा अपनाइ काम गर्न पनि सक्ने अवस्था रहेको छ । हिजोका दिनमा यही कर्णाली प्रदेशबाट बजेट फिर्ता भएको हो र समयका कारण वा खर्च गर्न नसकि बजेट फिर्ता हुनु दुखमय हो त्यस्तै गरि कर्णालीमा लाखौ विकासका योजनाहरु रहेका छन तर यहाँ ढिलासुस्ती हुन्छ भने, झन अहिले माहामारि रोग फैलिरहेको अवस्थामा समय बितिरहेको छ त्यसैले आफ्नो सुरक्षा अपनाइ विशेष गरि बजार क्षेत्रमा रुखका हाँगाहरु, पोलका तारहरु, सि.सि. क्यामेराहरु, सोलारहरु, फोहोर व्यवस्थापन र साईन बोर्डहरु जस्ता अत्यावश्यक कामहरुमा ध्यान दिन जरुरी छ ।
हिजोका दिनमा असार मसान्तमा रातारात बाटो पिज गरिए जस्तो नगरौं, १ महिना पछि फेरि त्यही बाटोको बारम्बार समाचारहरु आइरहनु भन्दा केही सोचेर अहिले अनुगमन गरि कहाँ कस्तो अवस्था रहेको छ भनी काम गर्दा सहज हुनेछ.

हामी आम जनता घर भित्र छौ यो समयमा कर्णाली प्रदेश सरकारका नियाएले यि याबद कुरामा जोड दिएमा हामी भोलीका दिनमा गर्बका साथ भन्ने छौ,हामी लक डाउनमा रही रहदाँ प्रदेशको राजधानी सुर्खेतले मुहार फेरेछ ।

“गर्व गर्न लाईकको बनाउँ
मर्मत तर्फ जोड दियौ”

कुमार शम्सेर थापा

एडमिन

मोटे ग्याङ्ग नेपाल (सामाजिक सञ्जाल फेसबुक)