गाडिले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु



बैशाख,२० सुर्खेत । शनिवार नेपालगंज कोहलपुर सडक अन्तर्गत एन टिभि चोक नजिकै गाडिले ठक्कर दिदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।
शनिवार(आज) कोहलपुर नगरपालिका वडा नं. ११ एन टिभि चोक मा दिउसो ४ः३० बजे नेपालगन्ज बाट कोहलपुर तर्फ आउँदै गरेको नेपाली सेनाको बा.२. झ. ६३४१ नम्बरकोे गाडीले भे.४.प ७६२० नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकल मा सवार कोहलपुर नगरपालिका २ वर्दवा बस्ने वर्ष २४ को चालक किरण भुसालको घटना स्थलमै मृत्यु भएको हो ।
यसै गरि मोटरसाइकल मा सवार बारह बर्दिया ४ बस्ने वर्ष २७ की प्रतीक्षा भुसाल गम्भीर घाइते भई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहपुरमा लागिएको छ भने मोटरसाईकललाई ठक्कर दिने गाडी कोहलपुर इलाका प्रहरी कार्यालय ले नियन्त्रणमा लिएको छ ।