जनता आधारभुत विद्यालय दैलेखको परिक्षाको नतिजा प्रकाशन


२३ बैशाख, दैलेख । श्री जनता आधारभुत विद्यालय, नारायण नगरपालिका १ नयॉबजार दैलेखले शैक्षिक सत्र २०७६को प्रथम त्रैमासिक, दोश्रो त्रैमासिक र वार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ ।

विद्यालयले निरन्तर विद्यार्थी मूल्याङ्कन बाट कक्षा १ देखि ७ सम्मको नतिजा प्रकाशन गरेको जनाएको हो । विद्यालयले हाललाई विद्यालयको नतिजा प्रकाशन भए पनि विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देशव्यापी रूपमा लकडाउनको अवस्था भएको हुँदा बिद्यार्थीहरुलाई घरमै बसि पठनपाठनलाई निरन्तरता तथा अभिभावकहरुले पठनपाठनको लागि उपयुक्त वातावरण मिलाई दिनु अनुरोध गरेको छ ।

विद्यालयको नतिजा र नयां भर्ना सम्बन्धि थप जानकारी आवश्यक परेमा मोवाईल नं. ९८५८०५००४० मा सम्पर्क गर्न  विद्यालयका प्रध्यान्ध्यापक कृष्ण श्रेष्ठले बताउनु भयो  ।