काँक्रेविहार नजिकै जरायोको उद्दार गरियो (फोटो फिचर)


१ जेठ, सुर्खेत । नेपालको एक मात्र संरक्षित वन “काँक्रेविहार” मा रहेको बन्यजन्तु जरायोको आज विहान सामाजिक सञ्जाल “मोटे ग्याङ्ग नेपाल”का एक यूवा समूहले उद्दार गरेको छ ।

केही यूवाहरुले काँक्रेविहारबाट निस्केको जरायोलाई लग्न लागेको अवस्थामा मोटे ग्याङ्ग नेपालमा आवद्ध स्थानीययूवाहरुको पहलमा सुरक्षाकर्मी तथा वन कार्यालयका कर्मचारीहरुको समूहबाट उक्त जरायोको उद्दार गरिएको बताइएको छ । उद्दार गरिएको जरायोलाई पुनः काँक्रेविहार जंगलमा नै छोडिएको बताइएको छ।

यसैबारेमा वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारमा रहेका बन्यजन्तुको सुरक्षाकालागि काँक्रेविहारको वरिपरि पर्खाल लगाउनुपर्ने नितान्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘काँक्रेविहारमा रहेका बन्यजन्तु खानाको आहारकालागि जंगल भन्दा बाहिर आउने भएकोले यस्को संरक्षणमा चुनौती रहेको छ । त्यसैले बन्यजन्तुको संरक्षणकालागि काँक्रेविहारको चारैतर्फ पर्खाल लगाउनुपर्ने जरुरी छ ।