कोरोनाबाट १ को मृत्यु, संक्रमित संख्या २ सय ८१ पुग्यो


३ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत बैशाख २३ गते महाराजगंज अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका महिलाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको हो । यस्तै मन्त्रालयले धनुषामा २० र २५ बर्षका पुरुषमा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको छ । यो संगै कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।