कोरोना संक्रमितको संख्या ५४८ पुग्यो


१० जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण ५४८ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुको संख्या ३२ जना पुगेको हो । संक्रमितहरु कपिलवस्तु बारा सर्लाही काठमाडौं रुपन्देही र चितवनका रहेका मन्त्रालयले जनाएको छ । जस्मा ३० पुरुष र २ महिला रहेको बताइएको छ । संक्रमितहरुको उमेर १७ देखि ५५ बर्ष सम्म रहेको छ ।