कर्णालीमा कोरोनाका २० नयाँ संक्रमित


२० जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को कर्णालीमा संक्रमण थप नयाँ २० जनामा पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले आज विज्ञप्ती जारी गर्दै आज पुष्ट भएका २९ जना मध्य २० जना कर्णालीको र ९ जना सुदुरपश्चिमको रहेका छन् । यो संगै कर्णालीमा संक्रमितहरुको संख्या २५३ भएको छ । कर्णालीका नयाँ संक्रमितहरु वीरेन्द्रनगर १ का ८ जना र ३ का ३ जना पुरुष र सल्यानका ११ जना पुरुष रहेकाछन् ।