सुरक्षाकर्मीलाई माक्स हस्तान्तरण


२६ जेठ, कालिकोट । विश्वव्यापी तिब्र रफ्तारमा बढि रहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणकालागि जिल्ला प्रहरी कार्यालय कालिकोटलाई आज १४० पिस माक्स हस्तान्तरण गरिएको छ ।

नेपाल यूवा परिषद र महाबै गाँउपालिका यूवा क्लबले सुरक्षाकर्मीहरुलाई माक्स तथा  महावै गाँउपालिकामा रहेको क्वारेन्टाइनमा बसेका नागरिकलाई प्रतिव्यक्ति साबुन दन्तमञ्जन, ब्रस, फ्रुटी स्यानिटाइटर, माक्स ४०० जनालाई हस्तान्तरण गरिएको नेपाल यूवा परिषदका सचिव खगेन्द्र मल्ले जानकारीदिनुभयो ।