कर्णालीमा कोरोना संक्रमित संख्या ७०८ जना, नेपालमा संक्रमित संख्या ४३६४ पुग्यो (अपडेट)


२८ जेठ, सुर्खेत । कर्णालीमा तिब्र रफ्तारमा बढी रहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण आज बुधवार ३७ जनामा पुष्टी भएको छ । यो संगै नेपालमा आज २७९ संक्रमित पुष्टी भएको छ । जस्मा २२ महिला र २५७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । नयाँ संक्रमितहरु दैलेखमा २५ जना सुर्खेतमा ९ जना र जाजरकोटमा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको  छ । संक्रमितहरुमा दैलेखमा २ जना महिला सुर्खेत गुर्भाकोटमा ३ जना महिला रहेको जनाइएको छ ।

नेपालमा कूल कोरोना संक्रमितको संख्या ४३६४ पुगेको छ ।