जनजाती महासंघ कर्णाली प्रदेशद्वारा ध्यानाकर्षण पत्र पेस


१३ साउन, सुर्खेत । नेपाल आदिवासी जनजाती महासंघ कर्णाली प्रदेशले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ध्यानाकर्षण पत्र पेस गरेको छ ।

चितवनको माडी नगरपालिका वडा नं २ मा बसोवास गर्ने चेपाङ समुदायको २ घर जलाइएको र नेपाली सेनाको कुटपिट पश्चात एक जना चेपाङको ज्यान गएको लगाएतका विषयलाइ लिएर महासंघले उचित छानवीनको माग गर्दै ध्यानाकर्षण पत्र पेस गरेको हो ।

राजकुमार चेपाङ्ग, सतोष चेपाङ्ग, दिलमाया चेपाङ्ग, माया राई, पुन चेपाङ्ग, कान्छा चेपाङ्ग, नीरज मगरलगाएतलाई चितवन राष्ट्रिय निकुञ्जमा खटिएका नेपाली सेनाले २०७७ साउन १ गते नियन्त्रणमा लिई अमानवीय तरिकाबाट दुर्व्यवहार, र बर्बर यातना दिएको र सोको कारण २४ वर्षिय राजकुमार चेपाङ्गको ज्यान समेत गएको छ ।

माडी नगरपालिका वडा नं ९ कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङ्ग आदिवासी जनताहरुको २०७७ साउन ४ गते अमानवीय कुर दानवीय व्यवहार प्रकट गर्दै निकुञ्जबाट खटिएका सरकारी कमचारीहरुको टोलीले आगजनी गर्दै हात्ति लगाएर उठिवास बनाएको थियो ।

यसै सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाउदै नेपाल आदिवासी जनजाती महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेको नेतृत्वमा उचित छानविनसहित दोषिलाइ कार्वाहिको लागी जोडदार माग गरिएको छ ।

बाँच्न पाउने अधिकारको ठाडो उलङ्घन गर्दैे मानवअधिकार विरोधी अमानवीय, कारुणिाक, दानवीय, अत्याचार, कुर, दमन, जन्य कार्य भएकाले दोषिलाइ तत्काल कानुनी कठघरामा उभ्याइ कार्वाहि गर्न महासंघले जोडदार माग गरेको छ । यस्तै निन्दा र भर्सना गर्दै सत्ता र शक्तिको आडमा गरेको अमानविय कार्य प्रति महासंघद्वारा खेद प्रकट गरिएको छ ।

जङ्गली जनावरहरु मार्ने र वन्य जन्तु तस्करी गर्नेलाई उन्मुक्ती दिने तर सिदिऔँ देखि भूमी, जल, जङ्गल र जमिनमा जनजिविका चलाउदै आएका आदिवासी चेपाङ्ग समुदायको उठिवास पार्ने लगायतका कार्यमा राज्य लागेको प्रति महासंघले दुख व्यक्त गरेको छ । साथै आगामी दिनहरुमा आदिवासी जनजाती माथी हुने विभिन्न दमन, शोषणहरु नदोहोरिन पनि महासंघले जोडदार माग गरेको छ ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष खगेन्द्र गुरुङ, महासंघ सुर्खेतका उपाध्यक्ष जीवनकुमार शाक्य, फोनिज कर्णाली  प्रदेश प्रमुख अशोक राजी, कुमाल समाजका केन्द्रिय सदस्य जसवीर कुमाल, जिल्ला सदस्य लाले कुमाल, थारु कल्याणकारिणीका जिल्ला अध्यक्ष बेचुलाल चौधरी, नेवा देय् दबु सुर्खेतका अध्यक्ष तीला श्रेष्ठ, सचिव बालकृष्ण श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो ।