किरण र हराभरा विद्यालय (फोटो फिचर)


१४ साउन, सुर्खेत । हरियाली प्रकृति कस्लाई  मन पर्दैन होला न र ? यही प्रकृतिको रमणिय पल अनी वातावारणलाई जोगाइ राख्न सुर्खेतका एक यूवा तल्लीनरत हुनुहुन्छ । उहाँ हुन्छ केही शारिरीक रुपमा अशक्त किरन् सापकोटा ।

किरणलाई मैले भेटेको क्षण नै अर्कै छ । वीरेन्द्रनगरको मुटु वीरेन्द्र चोकमा किरण ट्राफिक जनचेतना जगाउनकालागि जेब्रा क्रसिङ्ग र क्याट लाइट आफ्नै लगानीमा लगाउन तल्लीन हुनुभएको थियो ।

मेरो शब्द एकाएक तिमीमा बद्लिएको थियो  मैले भने “ए भाइ तिमी हो यो काम गर्ने ?” मैले सँधै देखिरहेको भाइ जस्तो लागेर सम्बोधन गरेको थिए । तर त्यती वेला म गलत भए र मैले भने भाइ मत झुक्किएर तिमी भने है सरी ल । अनि किरणको शब्द थियो हैन दाजु ठिकै छ नी । अनी मैले किरण संग केही भलाकुसारी गरे ।

किरणको शारिरीक अशक्ता संगै समाजमा केही गरौ भन्ने आँटलाई सबै माझ पुर्याउने मेरो मनले अठोट लियो र मैले किरणले थाले ट्राफिक कामका बारेमा मिडियामा ल्याए र केही सफल भएको महशुस गरे ।

मैले मनमनै सोचेको थियो शारिरीक अशक्त भएको मान्छेले कति दिन नै पो काम गर्ला र भने र तर त्यो मेरो कल्पनामा गलत रहेछ किरणले सुर्खेतको वीरेन्द्रनगरको वीरेन्द्र चोक मात्र नभए बाँकेको नेपालगंजको धम्बोझी चोकमा समेत रहेका पोष्टरहरुलाई एकत्रित गरेर राख्नुभएका कुरा अनी अहिले कर्णालीको राजधानी वीरेन्द्रनगरका विभिन्न विद्यालयहरुलाई स्वच्छ र हराभरा विद्यालय लागि परेको ।

किरणले वीरेन्द्रनगर लगाएत जिल्लाका विभिन्न विद्यालयमा विभिन्न बोटविरुवा लगाइ स्वच्छ र हराभरा विद्यालय बनाउन लागि पर्नुभएको छ । आफ्नो शारिरीक अवस्थाले केही साथ नदिएपनि किरण विद्यालयलाई स्वच्छ र हराभरा लागि पर्नुभएको छ । यो सकारात्मक कार्यमा हामी सबै लागि पर्नुपर्ने नितान्त जरुरी मैले देखेको छु यस्मा तपाइको विचार के छ नी ?