कैंची ग्याङ्ग नेपाल गायन प्रतियोगिता गर्दै


२८ साउन, सुर्खेत । सामाजिक सञ्जाल फेसबुको समूह कैंची ग्याङ्ग नेपाल गायन प्रतियोगिता गर्ने भएको छ ।

समूहले कोरोना भाइरस कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै आफू भित्र लुकेको प्रतिभालाई उजागर गर्नकालागि गायन प्रतियोगित गर्न लागेको हो । प्रतियोगितामा भाग लिनकालागि सहभागीले आफुलाइ सहज लाग्ने ठाँउमा बसेर गीत गाएर भिडियो पठाउन अनुरोध गरेको छ ।

प्रतियोगितामा सहभागी हुन प्रतियोगितले मा भाग लिने केही नियम तथा शर्तहरु पालना गर्नुपर्ने जनाइएको छ ।

१) घरमै/ आफुलाइ सहज लाग्ने ठाउंमा बसेर आफ्नो मोबाईल तथा क्यामेरा देखि गीत रेकर्ड गरेर हामी लाई पठाउनपर्ने हुनेछ ।
२) नाम, ठेगाना र Singer को नाम सहित भिडियो हामी लाई पठाउन पर्ने छ |
३) [email protected] मा हामी लाई भिडियो पठाउनुपर्ने छ ।

नियमहरु ☑️
१) सहभागीले पेज अनिवार्य रुपमा Like गर्नुपर्नेछ ।
२) अटो लाईक मान्य हुने छैन ।⚠️
३) भिडियोमा धेरै भन्दा धेरै Mention र Share गर्न सक्नुहुने छ।
४) पेजमा अरुलाइ असर पर्ने किसिमको गतिविधि गर्न पाइने छैन ।
५ ) बिजेता Official पेजको भिडियो हेरि Most Like मा एक(१) जना र उत्कृस्ट प्रतिभा (BEST PERFORMANCE) मा एक जना गरि दुइ(२) जना हुनेछ |
६) नतिजा २०७७ भदौ २८ गते हुनेछ, भिडियो भदौ २०७७/ १२ गते सम्म पठाई सक्नुपर्नेछ।
७) प्रतियोगिता मा जो कोहि नि सहभागी हुन सक्नेछ (खुला प्रतियोगिता रहने छ ) ।
८) single र group दुबै लाई समान मान्यता दिइनेछ ।
९) प्रतियोगिले High Quality Video हामी लाई पठाउनुपर्ने छ ।
१०) नेपाली गीत लाई मात्र मान्यता दिइनेछ । (English र हिन्दी गीतलाई समाबेश गरिने छैन)
११) Auto tune video लाइ मान्यता दिने छैन |

बिजेतालाई Token of love को रुप्मा कैंचि ग्याङ्ग नेपालको टिसर्ट (T-shirt ) र MANASLU को UKULELE प्रदान गरिनेछ ।( दुबै बिजेतालाइ)