“तिमी” र “म” -महेन्द्रबहादुर शाही


महेन्द्र बहादुर शाही

मुख्यमन्त्री, कर्णाली प्रदेश

तिमी आज को कुरा गर्छौ । म भोलि को।
तिमी एक छाक टार्ने कुरा गर्छौ । म जीवन सम्पन्न बनाउनेको ।
तिमी भिख माग्नेको कुरा गर्छौ । म जीवन जिउने मार्गको ।
तिमि परनिर्भता को कुरा गर्छौ । म आत्मनिर्भरताको ।


तिमी सम्पन्नता को राजनिती गर्छौ । म अभावको राजनीति ।
तिमी शोषण को राजनीति गर्छौ । म मुक्तीको राजनीति ।
तिमी शासकको पक्ष गर्छौ । म गरिब निमुखाको ।
तिमी पुजीवादी राजनीति गर्छौ । म श्रमजिबि राजनीति ।

तिमी यथास्थितिको कुरा गर्छौ । म परिवर्तनको ।
तिमी गुटमा रमाउछौ । म आममा रमाउछु ।
तिमी समस्या भयर उभिन्छौ । म सदैब समाधान भयर ।
तिमीले आफ्नो लागि गरेका छौ । मैले बर्गका लागि गरेको छु ।
तिमी वैमनस्यको राजनीति गर्छौ । म मित्रता र बिचारको ।
तिमी आत्मा केन्द्रीत र मनोगत छौ । म बिज्ञान र विचारमा ।
तिमी झुठो आश्वासन दिन्छौ । म ठोस निर्णय दिन्छु ।
तिमी गलतको संरक्षण गर्छौ । म दण्डको भागेदार बनाउँछु ।

तिमी बिगतका कुरा गर्छौ । म बर्तमान र भबिस्यको ।
तिमी नेतृत्वको मात्रै कुरा गर्छौ । म बिचार सहित नेतृत्व को ।
तिमी अस्थिरताको कुरा गर्छौ । म स्थिरताको ।
तिमी अल्पकालीन बिकास चाहान्छौ । म दिगो बिकास चाहन्छु ।
तिमी भ्रमको खेती गर्छौ । म यथार्थता को कुरा गर्छु ।
तिमी यात्रा छिप छिप तर्ने हो । म महासागर तर्ने ।
तिमी अधिभुत वाद काखी च्याप्छौ । म द्वन्दात्मक भौतकवाद ।
तिमी निषेधको तरिका अपनाउछौ । म सृजनात्मक आलोचना ।

तिमी रुपको मात्र कुरा गर्छौ । म रुप र सार दुबैको ।
तिमी ईतिहास मेटाउने खोज्छौ । म इतिहास जिउँदो बनाउन ।
तिमी आदेश कारीमात्र हो । म आदेश र कारिन्दा दुबै ।
तिमी अधैर्यता को बाण चलाउछौ । म धैर्यताको । त्यसैले
तिमी चील भयर उड्छौ ।  म बाज भयर उड्छु ।