अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन राष्ट्रिय बाणिज्य बैंक सुर्खेतको आग्रह


भदौ २७, सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका प्रमुख लिलाराम ढुंगानाले अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन सेवाग्राहीलाई आग्रह गर्नुभएको छ  ।

एक सातादेखि बन्द रहेको राष्ट्रिय बाणिज्य बैंक सुर्खेतले आईतबार देखि आफ्नो सेवा सुरु गर्न लागेको छ । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सील गरिएको बैंकले अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन सेवाग्राहीलाई आग्रह गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारीले बैंकका कर्मचारी पनि अछुत नरहेको भन्दै बैंकका प्रमुख लिलाराम ढुंगानाले सेवाग्राहीलाई अत्यावश्यक काम बाहेक अन्य काममा बैंकमा आएर भीड नगरिदिन अपिल गुर्नभएको छ ।

‘बैंकका चार जना कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ तर पनि सेवाग्राहीलाई सेवा प्रवाह गर्न आइतबारदेखि बैंक खुला गर्दैछौं’ प्रमुख ढुंगानाले भन्नु भयो, ‘सानो काममा पनि बैंक आउँदा भीड बढ्ने र कोरोनाको जोखिम झन बढ्ने खतरा रहेकाले अत्यावश्यकका कामका लागि मात्रै बैंक नआउन सेवाग्राहीलाई अनुरोध छ ।’
साभारः नेपालीरैबार