नेपाल जेसीजको क्षेत्र “घ” सम्मेलन सम्पन्न


२८ भाद्र, सुर्खेत । नेपाल जेसीजको २ दिने क्षेत्र “घ” सम्मेलन सम्पन्न भएको छ । सिद्धार्थ लेडी जेसीजको आतिथ्यतामा कोरोना भाइरस कोभिड १९ को महामारीका कारणले भर्चुअल प्रविधीबाट सम्मेलन सम्पन्न गरिएको नेपाल जेसीजले जनाएको छ ।

नेपाल जेसीज क्षेत्र “घ”का शाखाहरुको सहभागीता रहेको भर्चुअल सम्मेलनमा “Family, Friends, Future” विषयक वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । १३ जना सहभागी प्रतियोगितामा सुर्खेत महिला जेसीजकी निशान रुचाल ठकुरीले दृतिय स्थान प्राप्त गर्नुभएको सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले जानकारी दिनुभयो ।